Close

Recent Posts

एक साताभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध, सञ्चारमन्त्री भन्छन– हाम्रो पैसा लुट्ने, दर्ता हुनुपर्दैन ?

एक साताभित्र दर्ता नभए मेटामाथि प्रतिबन्ध, सञ्चारमन्त्री भन्छन– हाम्रो पैसा लुट्ने, दर्ता हुनुपर्दैन ?
  • १२ बैशाख २०८२, शुक्रबार १४:२०

काठमाडौं–सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्।

mulpatra

शुक्रबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा उनले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटकपटक सूचना जारी गरे पनि नमानेको बताए। उनले तेस्रोपटकको सूचनाको मिति केही दिनअघि सकिएको भन्दै अबको ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिए।

नेपालबाट पल–पलमा पैसा मेटाको कार्यालयमा गएकोले मेटाले नेपालमा दर्ता भई कर तिर्नुपर्ने मन्त्री गुरुङको भनाइ थियो। उनले मेटाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा आफ्नो आम्दानी धेरै भएको घमण्ड गरेको बताउँदै मुलुकको स्वाधीनता पैसामा जोड्न नसकिने जिकिर तर्क पनि गरे।

mulpatra mulpatra mulpatra

उनले भने, ‘मेटा भन्नेबित्तिकै फेसबुक होला, म्यासेन्जर, ह्वाट्सएप, इन्ट्राग्राम होला, चलिरहेका छन्। यत्रो धेरै चलिरहेका छन्। हरेक घण्टामा यही समाजबाटै २–४ हजार पैसा गइरहेको होला मेटाको कार्यालयमा। नेपालमा सबैभन्दा बढी प्रयोग हुने फेसबुक, हाम्रो पलपलमा पैसा त्यसरी गएको छ। हाम्रो पैसा त्यसरी लुट्ने? यहाँ हामीसँग दर्ता हुनुपर्दैन, कर तिर्नुपर्दैन? त्यसको कारणले फैलने गलत कुराहरू हामीले नियन्त्रण गर्नुपर्दैन? पर्छ नि। तीनपटक भयो। म आउनेबित्तिकै सूचना जारी गरे, त्यसपछि फेरि सूचना जारी गरे। तेस्रोपटक फेरि सूचना जारी गरे, अस्ति भर्खर म्याद सकियो। अब ७ दिनभन्दा बढी दिन्नँ मैले। यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिँड्यौँ। देशभन्दा ठूलो रे उनीहरू। उनीहरूको घमण्ड के रैछ भने नेपालको जीडीपी कति हुन्छ र? इत्ति। हाम्रो संस्थाभन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ। मुलुकको स्वाधीनता पैसामा जोडिँदै।’ उनले नेपालमा हालसम्म टिकटक, भाइबर र वी–टक मात्रै दर्ता भएको जानकारी पनि दिए।