Close

Recent Posts

सापकोटाको प्रश्न ओली सरकारले जे गरेपनि जनताले ठिक भनिदिनुपर्ने ?

सापकोटाको प्रश्न ओली सरकारले जे गरेपनि जनताले ठिक भनिदिनुपर्ने ?
  • १४ बैशाख २०८२, आईतवार १३:०९

काठमाडौं नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले सरकार रुपान्तरण नभए लछारेर सडमा पछार्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकार बिचौलियालाई खुसी पार्ने काममा लागेको आरोप लगाए ।

mulpatra

‘रुपान्तरण गर्न बल गर्ने हो र रुपान्तरित हुनुभएन भने लछारेर सडमा पछार्ने हो र जनताले ती सबै कुराको हिसाब कताबको कुरा गर्ने हो,’ उनले भने ।

उनले सत्ता पक्षले सरकार ढल्छ भनेर भ्रम सिर्जना नगर्न भन्दै आएको उल्लेख गर्दै काम गरेर प्रतिपक्षीको मुखमा बिर्को लगाइदिन आग्रह गरे ।

mulpatra mulpatra mulpatra

‘तपाईंहरू खुरु–खुरु संविधान संशोधन गर्छौं । राष्ट्रलाई डेलिभरी गर्छौं भनेर आउनुभएको हो नि दुई ठूला पार्टी । भटाभट हाम्रो मुखमा बिर्को लाग्नेगरी काम गर्नुस् न केले रोकेको छ तपाईंलाई ?’ सापकोटाले भने ।

उनले सरकार निरंकुशतातर्फ लागेको पनि बताए । ‘आएका दिनदेखि कुलमानजीलाई झम्टनुभयो हुँदाहुँदा आफ्नै मन्त्रीलाई बर्खास्त गर्नुभयो । बोल्न नपाइने निरंकुशता ?’ सापकोटाले भने, ’तपाईंहरू एकपछि अर्को मनलाग्दी गर्ने, कानुन मिच्ने, जथाभावी गर्ने अनि सबै कुरा ठीक भनेर हामीले भनिदिनुपर्ने