Close

Recent Posts

ओलीले शिक्षकमाथि लाठी हान्न लगाए, भोलीदेखि अझ चर्कोको आन्दोलन: शिक्षक महासंघ

ओलीले शिक्षकमाथि लाठी हान्न लगाए, भोलीदेखि अझ चर्कोको आन्दोलन: शिक्षक महासंघ
  • १४ बैशाख २०८२, आईतवार १३:२०

काठमाडौं– नेपाल शिक्षक महासंघले काठमाडौंमा भइरहेको शिक्षक आन्दोलनमा घुसपैठ भएको आरोप लगाएको छ । आइतबार प्रहरीसँग शिक्षकहरूको झडप भएपछि महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनमा घुसपैठ भएको आरोप लगाएका हुन् ।

mulpatra

उनले भने, ‘हामी शिक्षक हौँ, लाठी छैन, केही छैन । यस्तो शान्त आन्दोलनकारीलाई भड्काउन घुसपैठ गराएर नांगोपना उदांगो भयो । सरकारले नांगो रूप देखायो ।’

उनले थपे, ’भोलि देशभरबाट अब थप शिक्षक आउने छन् । शिर झुकाउँदैनौँ डराउँदैनौँ ।’ प्रधानमन्त्री केपी ओलीले शिक्षकमाथि लाठी हान्न प्रहरीसँगै घुसपेठ गरेको महासंघको आरोप छ ।

mulpatra mulpatra mulpatra