तीनकुने प्रदर्शनअघि नै प्रसाईको कार्यक्रम बिथोल्ने योजनामा थिए केही समूह
काठमाडौं– दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागी संयुक्त जनआन्दोलन समिति’ले चैत १५ मा प्रदर्शन आयोजना थिए ।

उक्त प्रदर्शन बिथोल्न पहिला योजना बनेको पाइएको छ । जसका कारण तीनकुने घटनामा दुर्घटना भएको र प्रदर्शन घोषित कार्यक्रमभन्दा बाहिर गएको गृह मन्त्रालयका कर्मचारीले समेत बताउँदै आएका छन् ।
तीनकुनेमा नागरिक बचाउ महाअभियानको कार्यक्रम विथोल्न तीनदेखि नै योजना बनाएइको अनुसन्धानमा खटिएको प्रहरीले जनाएका छन् । प्रहरीकाअनुसार तीनकुने भएको हरेक घटना योजनाका साथ गरिएको छ । त्यहाँ प्रदर्शन गर्ने समुहभन्दा बाहिरका समुहले तीनकुनेमा हिंसात्मक गतिविधि गरेको अनुसन्धानमा खटिएको एक प्रहरी अधिकृतले जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
तीनकुने घटनामा नागरिक बचाउ महाअभियनका संयोजक दुर्गा प्रसाईलाई फसाउने गरी पहिला नै योजना राप्रपा र अन्य राजनीतिक दलका केही व्यक्तिले योजना बनाएको विषयमा गृहमन्त्री रमेश लेखकसम्म सूचना पुगेको थियो ।
यस विषयमा लेखकले प्रहरीसँग छलफल समेत गरेका थिए । प्रहरीले हामी सबै मिलाउँछौं भनेपछि गृहमन्त्री ढुक्कले बसेको गृहमन्त्रालयका एक कर्मचारीले जानकारी दिए । तर प्रहरीले सूचना पाएअनुसार तीनकुने प्रदर्शनमा घुसपेठ भएर लुटपाट र आगो लगाउने काम भएको थियो । यो काम आयोजकभन्दा बाहिरका मान्छेले योजनाका साथ गरेको प्रहरीले बताउँदै आएका छन् ।
छानबिन समिति गठन गर्दा आफना कार्यकर्ता जोडिने डरका कारण पनि तीनकुने घटनाको छानबिन समिति बनाउन सरकार डराएको आरोप आयोजकको छ ।
Image Source: © https://mulpatra.com
प्रदर्शनमा प्रहरीले मञ्चमा अश्रुग्यास हानेर बल प्रयोग गर्न खोज्दा प्रदर्शन हिंसात्मक भएपछि दुई जनाले ज्यान गुमाए । यसमा पनि घुसपेठका कारण नै उनीहरुको मृत्यु भएको समेत औंल्याइएको छ ।
काठमाडौँको तीनकुनेमा पर्वराजा ज्ञानेन्द्र शाहका समर्थहरूले गरेको प्रदर्शनमा भएको ‘कमजोरी’ बारे प्रहरीले आन्तरिक छानबिन सुरु गरेको छ । छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनाललाई संयोजक तोकिएको छ । समितिमा खनालसहित ७ जना सदस्य छन् ।
तीनकुनेको सुरक्षा जिम्मेवारी एसपी अपिल बोहरा र प्रदर्शनी मार्गको जिम्मेवारी एसपी कुलदिप चन्दले पाएका थिए । तर, प्रदर्शनकारीले त्रिभुवन विमानस्थलको कम्पाउन्ड भित्र पसेर आगजनी सुरु गरेपछि आइजिपी दीपक थापाले कुलदिप चन्दलाई त्यसतर्फ पठाएका थिए । सिनामंगलस्थित हवाई इन्धनको डिपो र नागरिक उड्डयन प्राधिकरणमा आगजनी हुनबाट रोक्नका लागि उनलाई त्यसतर्फ पठाइएको प्रहरी प्रधान कार्यालयका अधिकृतहरू बताउँछन् ।
तीनकुने खटिएका प्रहरीले नै सुरुमा राष्ट्रगान बज्दै गरेको मञ्चमा अश्रुग्यास हानेको सूचना गृहमन्त्रालयमा प्रहरीले नै दिएका थिए । तर प्रधानमन्त्रीको निर्देशनमा अश्रुग्यास हानेको थाहा पाएपछि गृहमन्त्रीले सूचना गुपचुप राखेका थिए ।



