Close

Recent Posts

उपचारका लागि छुटेका धवल राजावादी आन्दोलनमा

उपचारका लागि छुटेका धवल राजावादी आन्दोलनमा
  • १५ बैशाख २०८२, सोमबार १४:३४

काठमाडौं– स्वास्थ्य उपचारका लागि भन्दै हाजिरी जमानीमा छुटेका राप्रपाका महामन्त्री धवल शम्शेर राणा पनि राजसंस्था पुनस्र्थापनाको आन्दोलनमा सहभागी भएका छन् ।

mulpatra

उनी राप्रपा नेपालले सोमबार भृकुटीमण्डपमा आयोजना गरेको प्रदर्शन र सभामा सहभागी भएका हुन् । चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा आयोजना गरेको हिंसात्मक आन्दोलनमा सहभागी धवलशम्शेरलाई प्रहरीले पक्राउ गरेको थियो । उनलाई स्वास्थ्य उपचारका भन्दै उनी यही वैशाख ७ गते हाजिरी जमानीमा छुटेका थिए ।

उनीसँगै पक्राउ परेका राप्रपाका बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने थुनामै छन् ।

mulpatra mulpatra mulpatra