शिक्षक आन्दोलन जारी, सहमतिका लागि वार्ता थपिने

शिक्षक आन्दोलन जारी, सहमतिका लागि वार्ता थपिने
  • १६ बैशाख २०८२, मंगलवार ०७:४७

काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारसँगको वार्ता निष्कर्षमा नपुगेकाले आन्दोलन जारी रहेको जनाएको छ।

mulpatra

सोमबार शिक्षा मन्त्रालयमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोली र सरकारी प्रतिनिधिबीच लामो छलफल भए पनि सहमति जुट्न सकेन। अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमार्फत आन्दोलन जारी रहेको स्पष्ट पार्दै मंगलबार बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन सबै शिक्षकलाई आग्रह गरेका छन्। उनले भने, “राज्य आफैंले दिन चाहँदैन, आन्दोलन बिना केही पाइँदैन, त्यसैले आन्दोलन बलियो बनाउन जरुरी छ।”

सरकार भने सहमतिका लागि प्रयासरत रहेको बताउँदै आएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार वा बुधबारसम्म शिक्षकका मागमा सहमति जुट्ने विश्वास व्यक्त गरेका छन्। उता शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासंघसँगको वार्तामा केही विषयमा सहमति भएको दाबी गरेका छन्।

mulpatra mulpatra mulpatra

यस्तै, प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गतको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि छलफल अन्तिम चरणमा पुगेको जनाएको छ। सांसदहरूका अनुसार लागत बढ्ने विषयमा अर्थ मन्त्रालयको धारणा आएपछि विधेयक टुंगो लगाइनेछ।

महासंघले विद्यालय शिक्षा ऐनमा शिक्षकको पेशागत हित सुनिश्चित नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ।

Image Source: © https://mulpatra.com