Close

Recent Posts

सर्वोच्च अदालतले गगन थापासँग अवहेलना सम्बन्धी लिखित जवाफ माग्यो

सर्वोच्च अदालतले गगन थापासँग अवहेलना सम्बन्धी लिखित जवाफ माग्यो
  • १६ बैशाख २०८२, मंगलवार १७:२३

काठमाडौं ।सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ मागेको छ। संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिसम्बन्धी मुद्दालाई लिएर दिएको अभिव्यक्तिपछि थापाविरुद्ध परेको अवहेलना निवेदनको प्रारम्भिक सुनुवाइपछि अदालतले यस्तो आदेश दिएको हो।

mulpatra

न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेको संयुक्त इजलासले मंगलबार थापालाई लिखित जवाफ पेश गर्न आदेश दिएको हो। थापाले केही दिनअघि सार्वजनिक कार्यक्रममा “अदालतले ५२ पदाधिकारीको मुद्दा हान्दिउँ भन्दै रोकेर राखेको” भन्ने अभिव्यक्ति दिएका थिए, जसलाई लिएर अवहेलनाको दाबी गरिएको हो।

उक्त अभिव्यक्तिलाई लिएर अधिवक्ता अनन्तराज लुइँटेलसहितले सर्वोच्च अदालतमा गत आइतबार अवहेलना मुद्दा दर्ता गरेका थिए। मुद्दाको सुनुवाइको मिति वैशाख १६ गतेका लागि तोकिएको थियो।

mulpatra mulpatra mulpatra

अदालतले प्रारम्भिक सुनुवाइपछि थापाले आफैं वा कानुनी प्रतिनिधिमार्फत जवाफ दिन सक्ने व्यवस्था गर्दै लिखित प्रतिक्रिया पेश गर्न निर्देशन दिएको हो। अदालतको औपचारिक आदेशको पूर्ण पाठ भने सार्वजनिक भइसकेको छैन।

यसअघि थापाले संवैधानिक पदमा नियुक्त गरिएका अधिकारीहरूको कार्यकाल सकिन लागेको अवस्थामा पनि मुद्दामा फैसला नआएको भन्दै आलोचना गरेका थिए। अहिले सो मुद्दा सर्वोच्च अदालतमा ‘हेर्दा हेर्दै’को अवस्थामा छ।

Image Source: © https://mulpatra.com