Close

Recent Posts

जसपा नेतृ बबीको ‘पेस्तोल डान्स’ बारे प्रहरी अनुसन्धान सुरू

जसपा नेतृ बबीको ‘पेस्तोल डान्स’ बारे प्रहरी अनुसन्धान सुरू
  • १८ बैशाख २०८२, बिहीबार ११:३९

जनकपुरधाम – जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोलबारे सप्तरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।

mulpatra

पूर्वमन्त्री तथा राष्ट्रियसभा सदस्य मृगेन्द्र सिंह यादवकी छोरी समेत रहेकी नेतृ डा. बबीले सप्तरी बोदेबर्साइनको एक विवाह समारोहमा पेस्तोल बोकेर डान्स गरेकी हुन् । डान्स गर्दै पेस्तोल पड्काएकी थिइन् । उनको सो भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको छ । यस विषयमा समाचार समेत बनेपछि नेतृ डा. बबीले ‘खेलौना पेस्तोल’ रहेको दाबी गरेकी छन् ।

तर उनले पड्काएको पेस्तोल असली हो कि नक्कली भन्ने विषयमा प्रहरीले अनुसन्धान गर्ने भएको छ । डा. बबीमाथि अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीले बोलाएको छ ।

mulpatra mulpatra mulpatra

सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले पेस्तोलबारे अनुसन्धान गर्न नेतृ डा. बबीलाई बोलाएको बताए । उनले भने, ‘पेस्तोल नक्कली नै रहेको कुरा भन्न सकिँदैन । उहाँ (डा. बबी)लाई बोलाएको छु । एक घण्टामा आउँदै हुनुहुन्छ ।’

उनले नक्कली पेस्तोल र डान्स गर्दै पेस्तोल पड्काएको भिडिओ आवश्यक अनुसन्धानका लागि प्रधान कार्यालय पठाउने जानकारी दिए ।