प्रसाईकै एजेन्डामा राश्वपा, हिन्दुराज्यको जनसमर्थन बढ्दो
काठमाडौं– राजसंस्था र सनातन हिन्दुराज्य स्थापनाको माग राख्दै नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले आन्दोलनरत छन् ।

तीन वर्षअघि हिन्दु राज्य कायम गर्नुपर्ने, संघीयता खारेज गर्नुपर्ने, लघुवित्त आतंक, आर्थिक संकटका कारण आत्महत्या गर्नुपर्ने अवस्था, बैंक तथा वित्तीय संस्थाको चर्को व्याजको अन्त्यलगायत एजेण्डा राखेर प्रसाईले देशव्यापी आन्दोलन सुरु गरेका थिए ।
पछिल्लो समय प्रसाईका यीनै एजेण्डा धेरै राजनीतिक दलले स्वीकार्न थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (राश्वपा)ले पनि प्रसाईकै एजेण्डामा जाने संकेत गरेको छ । राश्जवा कोशी प्रदेशले जारी गरेको एक विज्ञप्तीमा यो विषयलाई प्रष्ट पारिएको छ ।
राश्वपालाई गणतन्त्रमा जाने की राजतन्त्रमा भन्ने दुविधा भइरहेका बेला राश्वपा कोशी प्रदेशका प्रवक्ता समेत रहेका कमलबाबु मैनालीले हालै जारी गरेको विज्ञप्तीमा सनातन हिन्दु राज्य र हिन्दु सम्राटका कुरा प्रष्ट खुलाइएको छ । उक्त विज्ञप्तीमा ९ बुँदा हिन्दुराज्यलाई सहयोग पुग्नेगरी अघि सारिएको छ । यस विषयमा राश्वपाको केन्द्रीय कमिटिले भने अहिलेसम्म केही खुलाएको छैन ।
![]() |
![]() |
![]() |
|---|

सुरुका दिनमा कमै जनसमर्थन जुटे पनि हाल प्रसाईको महाअभियानमा विस्तारै जनसमर्थन अधिक बन्दै गएको छ । जसका कारण उनी हिन्दुराज्यकै आवाज उठाउँदै आएको राप्रपा, गणतन्त्र पक्षधर एमाले, कांग्रेस र माओवादीका लागि चुनौती बनेका छन् ।
प्रसाईले गत फागुनमा झापाको काँकडभिट्टामा पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका सदस्यहरुलाई राखेर नागरिक बचाउ महाअभियान समेत सञ्चालन गरेका थिए । उनको यो महाअभियानमा अहिले ७७ जिल्लाका नागरिक जोडिने क्रम जारी छ ।
उनले पूर्वको झापाबाट सुरु गरेको आन्दोलन हाल देश व्यापी बन्दै गयो । मानिसहरू उनको महाअभियानमा जोडिने क्रम बढ्दै गयो ।
आमनेपाली नागरिक दुर्गा प्रसाईको समर्थनका लागि वा दुर्गा प्रसाईका एजेण्डा स्वीकार्न थालेपछि उनलाई सिध्याउन राप्रपासहितका सबै राजनीतिक दल लागि परेका छन् । आमनेपालीले यस व्यवस्था पल्टाउन अगुवा पात्र खोजिरहेकोमा प्रसाई देखापरे । उनै गणतन्त्रका लागि चुनौतीका रुपमा देखा परेका छन् ।
Image Source: © https://mulpatra.com
विद्यमान व्यवस्था परिवर्तका लागि लागिरहेका छन् । जसका कारण प्रसाईले सनातन हिन्दुराज्यको माग जनताले पनि सहजै स्वीकार्न थालेका छन् ।
नेपाल विश्वको एकमात्र हिन्दु अधिराज्य भनेर चिनिएको देश हो । तर, एक्कासि विना जानकारी धर्म निरपेक्ष हुँदा यसलाई आम नेपालीले स्वीकारिरहेका छैनन् । जसका कारण हिन्दुराज्यको माग पनि बढ्न थालेको छ । यो विषय पनि राजनीतिक दललाई चुनौतीको विषय बनेको हो ।
वैदिक सनातन हिन्दु अधिराज्यको इतिहासले चिनिरहेको देश आफ्नो इतिहास मेटाइदिने राजनीतिक दलहरूप्रति असन्तुष्ट छ । आस्था र विश्वासमा खटपट ल्याइदिएको छ ।
प्रसाईले विदेशमा अलपत्र परेका नेपालीहरुलाई उद्धार, वैदेशिक रोजगारीका क्रममा जेल परेका नेपाली जेलमक्त र विदेशमा मृत्यु भएका कामदारको शव समेत नेपाल झिकाउने काम गदै आएका छन् । जसका कारण पनि प्रसाईको महाअभियानमा विदेशमा रहेका नेपालीहरुसमेत जोडिन थालेका छन् ।
हाल प्रसाई गत चैत १५ को घटनापछि प्रहरी हिरासतमा छन् । उक्त घटनामा प्रहरीले उनलाई अनुसन्धान गरिरहेको छ ।



