चौथाइवाले ओलीलाई अन्तिममा मात्र भेटे, तीनकुने घटनापछि ओलीसँग भारत झन रुष्ट

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा छन् । भ्रमणका क्रममा उनले उच्चस्तीय भेटवार्ता गरिरहेका छन् ।
चौथाइवा नेपाल भ्रमणका बारेमा सरकारलाई जानकारी नगराइ आएका थिए । भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले एकाएक उच्चस्तरको भेटवार्ता गरेपछि नेपालका नेताहरुको कमजोर अवस्थालाई दर्शाएको भन्दै आलोचना भइरहेको छ ।
यतिबेला मुुलुकको प्रधानमन्त्री ओली छन् । तर चौथाइवालेले भेटवार्ताको सुरु कांग्रेस नेता र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाट सुरु गरे । यसले समेत नेपालका प्रधानमन्त्रीको हैसियत र भारतले कुन नजरले हेरेको छ, भन्ने थप प्रष्ट पारेको टिप्पणी कूटनीतिज्ञहरुको छ ।
नेपाल भ्रमणमा रहेका चौथाइवालेलाई दुई दर्जन बढि नेताहरुले उच्च स्थान दिएका छन् । उनको भ्रमणको प्रक्रियता हेर्दा समेत देउवा र प्रचण्डको मिलनविन्दु खोजिएको देखिएको छ । राष्ट्रिय राजनीतिमा प्रधानमन्त्री ओली नेतृत्वको सरकार ढल्ने चर्चा छ ।
प्रधानमन्त्रीदेखि सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसका सभापतिसहित प्रमुख प्रतिपक्षी दलका नेताहरुसम्मलाई उनले प्राथमिकतासहित भेट गरे । अर्थमन्त्रीदेखि परराष्ट्रमन्त्रीसम्म पनि उनको भेटघाट रहयो । चौथाइवालेको यस उच्चस्तरीय भेटको राजनीतिक र कूटनीतिक स्वार्थ के देखिन्छ त ?
छिमेकी मुलुक भारतसँग अहिले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बन्ध खास राम्रो बन्न सकेको छैन । भूराजनीतिक एवम् आर्थिक पक्षले समेत भारतसँगको सम्बन्ध विशिष्ट रहेको यस अवस्थामा नेपालका प्रधानमन्त्रीलाई भारतीय प्रधानमन्त्री नरुचाउनुले धेरै क्षेत्रमा प्रभाव पारेको छ नै ।
यही राजनीतिक परिवेशकै बीच नेपाल भ्रमणमा रहेका छन्, भारतीय सत्तारुढ दल भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले । तीन दिनका लागि भ्रमणमा रहेका उनले नेपालका शीर्ष नेताहरुसँग भेट गरे । कूटनीतिक क्षेत्रका व्यक्तिसँग समेत उनको भेटवार्ता रहयो । त्यसैले अहिले चौतर्फी चासोको विषय बनेको छ भाजपाका विदेश विभाग प्रमुखको नेपाल भ्रमण ।
केपी शर्मा ओली नेपालको प्रधानमन्त्री बनेको अब एक वर्ष नै पुग्न लाग्यो । तर, अहिलेसम्म पनि छिमेकी मुलुक भारतले शिष्टाचार भ्रमणको निम्तो दिएको छैन । भारतले ओली सरकार रुचाएको छैन् । यस्तो बेला भाजपा नेताले सरकार परिवर्तनको हल्लाका विचमा देखाएको सत्रियताले नयाँ तरंग उत्पन्न गरेको छ । माओवादी अध्यक्ष प्रचण्ड सरकार ढाल्ने रणनीतिमा लागेका छन् ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा प्रधानमन्त्री ओलीको भारत भ्रमणको चाँजोपाजो मिलाउन पटकपट दिल्ली त पुगिन् । तर, भारतीय पक्षले आरजुको प्रयासमा सहयोग गरेन । तर, यहाँ भारतको सरकारमै नरहेका सत्तारुढ दलका सामान्य दर्जाका नेताले नेपालमा उच्चस्तरीय भेटवार्ता गरेका छन् ।
केहिदिन अघि पुर्वप्रधानमन्त्री तथा नेसपा (नँया शक्ति)का अध्यक्ष बाबुराम भट्टराईले भारतमा उच्च स्तरको भेटवार्ता गरेका थिए । भारत भ्रमण सकेर स्वदेश फर्किएका भट्टराईले ओली सरकार भारतलाई चित्त नबुझको दाबी गरका थिए । उनको अहिले विरोध भइरहेको छ ।
चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शन दबाउन खोजेको भन्दै प्रधानमन्त्री ओलीसँग भारत झन असन्तुष्ट देखिएको छ । भारतले तीनकुनेमा राजावादी मात्र होइन हिन्दुराज्यको माग गर्नेमाथि पनि गोली चलाएको थियो ।
तीनकुने घटनामा प्रहरीले कार्यक्रम सुरु हुनुअघि नै राजावादी र हिन्दुराज्यको माग गर्नेमाथि मञ्चमै आक्रमण गरेको थिए । तीनकुने घटनामा हिन्दु धर्मका पक्षमा उत्रिएकामाथि ओलीकै निर्देशनमा प्रहरी गोली चलाएको भारतको बुझाइ छ । त्यसमा पनि तीनकुने घटनापछि दुर्गा प्रसाईलाई प्रहरी हिरासतमा राखेको विषयमा भारतले अप्रत्यक्ष रुपमा चासो राखेको छ ।