Close

Recent Posts

माओवादीले करिब एक करोड जनतासँग भेट्न

माओवादीले करिब एक करोड जनतासँग भेट्न
  • २२ बैशाख २०८२, सोमबार १०:४५

काठमाडौं– नेकपा माओवादी केन्द्रले तराई–मधेश जागरण अभियानको क्रममा करिब एक करोड जनतासँग भेटेको दाबी गरेको छ।

mulpatra

तराई–मधेश जागरण अभियानले पार्टीप्रति जनताको आकर्षण बढेको निष्कर्षसहित मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने निर्णयमा पार्टी पुगेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले बताए ।

जनतासँग माओवादी तराई मधेश जागरण अभियानमा करिब एक करोड जनतासँगको भेटघाट, अन्तरक्रिया र छलफल जस्ता कार्यक्रमले आमजनता र पार्टीपङ्तिमा पारेको प्रभावका विषयमा पार्टीले समीक्षा गरिरहेको सुनाए । उनले अभियान सोचेभन्दा बढी उपलब्धिमूलक रहेको दाबी गरे ।

mulpatra mulpatra mulpatra

उनले भने, ‘अभियानले सबैलाई सकारात्मक चुनौती खडा गरेको छ । राष्ट्रिय एकता सुदृढ गरेको छ भने नेपाली समाजको सामाजिक–आर्थिक लगायतका पक्षको व्यवस्थित रूपमा अध्ययन अन्वेषण गर्नको लागि बलियो आधार तयार भएको छ । नयाँ संस्कार संस्कृति र सभ्यताको प्रादुभाव भएको छ । नेपाली समाजवादको मार्गचित्र देखा परेको छ ।’

अभियान आफैँभित्र रूपान्तरणको शक्तिशाली भाव पैदा भएको भन्दै समाजवादी विचारधाराको प्रस्थान बिन्दु बनेको जिकिर गरे।

‘नेता र कार्यकर्तामा स्वस्थ राजनीतिक प्रतिस्पर्धाको चेतना पैदा हुँदै गएको छ । माओवादी पार्टी र नेतृत्वप्रति सकारात्मक राग जरैसम्म पैदा भएको छ ।

Image Source: © https://mulpatra.com

अभियानका क्रममा शहीद बेपत्ता योद्धाका परिवार घाइते तथा उनका परिवारसँग घनिभूत रूपमा भेटघाट र छलफल भयो । जसले पीडित परिवार तथा नेता कार्यकर्तामा उत्साह र ऊर्जा पैदा गरेको छ’ सापकोटाले भने।

अभियानले हुलाकी मार्गको सुरुवात विकास र महत्त्वबारे सबैको गम्भीर ध्यानाकर्षण भएको र पार्टीलाई विचारमा मात्र होइन वास्तविक अर्थमा जनतामा स्थापित गरेको सुनाए।

‘सक्रियता र गतिशीलता राजनीतिक नेता कार्यकर्ताको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने कुरा सबैलाई बोध भएको छ । कमरेडली भावना पुनर्जागृत हुने लक्षण देखिँदै गएको छ’ उनले भने, ‘जनता नै शक्तिका स्रोत र संवाहक हुन् भन्ने कुरालाई यो अभियानले प्रमाणित गरेको छ भने पर्यटन प्रवर्धनमा योगदान गरेको छ ।’

अभियानको क्रममा हजारौँ हजारले पार्टी प्रवेश गरेका छन् । आमजनता तथा नेता कार्यकर्ताको यो आकर्षण र ऊर्जालाई संगठनमा रूपान्तरण गर्ने सङ्कल्प गर्नु मुख्य कुरा हो भन्ने पार्टीको निष्कर्ष रहेको उल्लेख गरे।

पार्टीप्रतिको जनताको उक्त राजनीतिक प्रभाव र आकर्षणलाई ढिलो नगरिकन संगठित गर्ने कुरामा पार्टीको केन्द्रीय कार्यालयको तर्फबाट दृढताका साथ संकल्प गरिएको बताए।

माओवादीले हुलाकी राजमार्ग केन्द्रित अभियान गत वर्षको १२ फागुनमा झापाको कचनकवलबाट सुरु भएर वैशाख १७ गते कञ्चनपुर पुगेर सकिएको थियो।

यो अभियानमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित पार्टीका उपमहासचिव तहसम्मका सबै नेताहरू सक्रिय भएर खटेका थिए। यो अभियानप्रति पार्टीमा सकारात्मक भाव पैदा भएको निष्कर्षसहित हिजो बसेको पदाधिकारी बैठकले जेठ २ गतेबाट मध्य पहाडी लोक मार्ग केन्द्रित जनतासँग माओवादी जागरण अभियान चलाउने निर्णय गरेको छ।