Close

Recent Posts

ओलीले प्रसाईको ‘क्रेज बढ्यो र जे गरेपनि नि नसकिने भो’ भनेपछि….

ओलीले प्रसाईको ‘क्रेज बढ्यो र जे गरेपनि नि नसकिने भो’ भनेपछि….
  • २२ बैशाख २०८२, सोमबार १३:४७

काठमाडौं– एमाले अध्यक्ष केपी ओली र नागरिक महाअभियानका संयोजक दुर्गा प्रसाई एउटै गृहजिल्ला झापाका हुन् । ओली र प्रसाईको सिद्धान्त भने ठिक विपरित छ । अहिले उनीको विपरित राजनीतिकमा छन् ।

mulpatra

प्रधानमन्त्री समेत रहेका ओलीले बोकेर हिडेका तस्करीको विरोध र उनीहरुबाट देश लुटिन लागेको भन्दै प्रसाईले महाअभियान सञ्चालन गरेका छन् । त्यति मात्र होइन, प्रसाईले अहिले सनातन हिन्दुराज्यका पक्षमा आन्दोलन गरिरहेका छन् । प्रसाईले गणतन्त्रमा नेता मात्र धनी भए जनता भने पसिना बगाउन विदेशीनु पर्ने बाध्यता भएको भन्दै यस सिस्टमको विरोध गरिरहेका छन् ।

नेपाल जस्तो हिन्दुको पहिचान बोकेको देश धर्म निरपक्षेता हुनु हुँदैन भनेर प्रसाई राजासहितको नेपाल बनाउन आन्दोलनरत छन् । सिधैभन्दा उनी गणतन्त्र उल्टाउन लागिपरेका छन्।

mulpatra mulpatra mulpatra

यही गणतन्त्रको नेतृत्व केपी ओलीले गरिरहेका छन् । त्यसलाई उल्टाउन प्रसाई लागिपरेका छन् । भने ओली यसको संरक्षणमा छन् । प्रसाईकै कारण अहिले नेपालमा गणतन्त्र र राजतन्त्र दुई धारमा छुटिएको छ ।

ओलीले यसको मुख्य दोषी प्रसाईलाई बनाएका छन् । यसका मुख्य कारण हो । प्रसाईकै कारण झापामा ओली समस्या र जनताबाट बाहिष्कार हुँदैछन्् । प्रसाईले गत मंसिरमा एमाले अध्यक्ष ओलीको कम्बोडियामा ३२ अर्ब लगानी छ भनेपछि ओलीमाथि जनताले झन प्रश्न उठाउन थालेका छन् ।

झापामा ओली नेतृत्वको एमाले कमजोर बन्दै गएको छ । आगामी निर्वाचनमा ओलीले नै झापामा जित्न मुश्किल हुने अवस्था भइरहेको एमालेकै नेताहरुको अनुमान छ । आफु यस्तो अवस्थामा प्रसाईकै कारण पुगेको ओलीको बुझाइ छ ।
केही दिनअघि प्रधानमन्त्री ओलीले दुर्गा प्रसाईलाई जे गरेपनि नसकिने भयो भनेर झापाकै केही एमालेका नेतासँग भएको भेटमा बताएछन् । त्यति मात्र होइन, प्रसाईलाई प्रहरी हिरासतमा राखेपनि उनको क्रेज बढिरहेको र आगामी निर्वाचनमा एमालेका लागि उनी चुनौती हुनेसमेत ओलीले आफनो नेतासँगको भेटमा बताएछन् ।

Image Source: © https://mulpatra.com

ओलीले एमालेकै केही नेतासँगको पछिल्लो समयमा भएको भेटमा प्रसाईसँग के गर्दा ठिक होला भनेर सल्लाह समेत मागेको झापाकै एक जना एमाले नेताले जानकारी दिए । उनीहरुले भने ओलीले मन चोर्न खोजेको भन्दै केही जवाफ दिएनछन् ।
एमालेकै कतिपय नेताहरुका अनुसार ओली अहिले सबैभन्दा ठुलो चुनौती राजनीतिकमा माओवादीभन्दा प्रसाईलाई ठानेका छन् । त्यही भएर ओलीले प्रसाई जसरी भएपनि जेल हाल्नुपर्छ भनेर लागिपरेका छन् ।