Close

Recent Posts

कांग्रेस महामन्त्रीद्वयमाथि रास्वपाका प्रश्नैप्रश्न

कांग्रेस महामन्त्रीद्वयमाथि रास्वपाका प्रश्नैप्रश्न
  • २२ बैशाख २०८२, सोमबार १४:२३

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जीबी राई पक्राउ नपरेको विषयमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई प्रश्न गरेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद गणेश पराजुलीले कांग्रेस नेतृत्वको गृहमन्त्रीले मन्त्रालय सम्हालेको १० महिनासम्म पनि जीबी राई पक्राउ नपर्नुका कारण के हो भन्दै महामन्त्रीद्वयलाई प्रश्न गरेका हुन् ।

mulpatra

“तपाईंहरूकै पार्टीले गृह मन्त्रालय सम्हालेको आज १० महिना बित्दैगर्दा जीबी राई कहिले पक्राउ पर्छन् र नेपालमा ल्याइन्छ ? जनताले प्रश्न सोध्ने गरेका छन्, तपाईंहरूलाई,” पराजुलीले भने, “सञ्चारमाध्यममा सुन्नमा आएको छ– १६ अर्ब ५० करोडमध्ये सात अर्बमात्र जीबी राईले आफूले लिएको र तिर्छु भनेको सुनियो । बाँकी नौ अर्ब ५० करोडको भागिदार कोको हुन् भन्ने अनुसन्धान हुँदा सबै उदांगो हुने डरले जीबी राईलाई पक्राउ नगरेको हो ? यिनीहरूले भनेर जनता त हल्ला गर्दै छन् नि ! के त्यस्तै हो ?”

त्यसबाहेक सहकारी समस्यामा उनका प्रश्न सरकारमाथि नभएर गगन–विश्वमै केन्द्रित थिए । प्रतिपक्षमा हुँदा उठाएका मुद्दा र सोधिएका प्रश्न संसद्को रेकर्डबाट निकाल्न सकिने भन्दै उनले ती प्रश्नको जवाफ किन खोजिएन भनेर प्रश्न गरे ।

mulpatra mulpatra mulpatra

“धेरै भएको छैन, करिब १०÷११ महिनाअघिको कुरा हो । प्रतिपक्षमा रहँदै गर्दा नेपाली कांग्रेसका महामन्त्रीद्वयले भ्रष्टाचार ठगी प्रकरणमा उठाएका मुद्दा र सोधिएका प्रश्न आज पनि संसद्को रेकर्डबाट निकालेर हेर्न सकिन्छ,” पराजुलीले प्रश्न गरे, “तर, आज प्रश्न सोध्ने र जवाफ दिनेहरू लोकतन्त्रको न्यूनतम मूल्यमान्यतालाइ पनि कुल्चिएर सरकार सञ्चालनमा हुनुहुन्छ । म सदनमार्फ यहाँहरूलाई सोध्न चाहन्छु– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिबाट औँल्याएको ८७ अर्ब ठगी र सो प्रकरणसँग जोडिएका पीडक कति जनालाई कारबाहीको दायरामा ल्याइयो ?”

उनले अगाडि थपे, “४० वटा सहकारीमा जम्मा भएको ८७ अर्ब के सबै वैध कमाइ हो ? स्रोतको छानबिन गर्नुपर्छ कि पर्दैन ? पीडित जनताले खाइनखाइ जम्मा गरेको आफ्नो जीवनभरको कमाइमात्र होइन, तपाईंहरूले नै भन्ने गरेको सडक छेउमा मकै पोल्ने र साग बेच्ने जनताले गरेको बचतमध्ये कति पैसा फिर्ता गर्नुभयो, अहिलेसम्म ?”

पराजुलीले कांग्रेसका उपसभापति धनराज गुरुङविरुद्ध उजुरी परेको मितेरी सहकारीको १४ करोड रुपैयाबारे छानबिन हुन्छ कि हुँदैन भनेर प्रश्न गरे ।

Image Source: © https://mulpatra.com

“म सोध्न चाहन्छु, तपाईंहरूकै पार्टीका उपसभापतिविरुद्ध परेको मितेरी सहकारीको १४ करोड ठगी उजुरीको कारबाही प्रक्रिया कहाँ पुग्यो ? कि ठूला दलका नेतालाई कारबाही गर्नुहुँदैन भन्ने छ ?,” पराजुलीले प्रश्न गरे, “उनलाई पनि पक्राउ गरेर छानबिन गर्ने हैसियत राख्नुहुन्छ कि राजनीतिक प्रतिशोधमात्र साँध्ने उद्देश्य हो यहाँहरूको ?”

त्यसबाहेक जीबी राईको लगानी भएको गोर्खा मिडिया नेटर्वकमाथि छानबिन भए पनि जीबी राईकै लगानी रहेको एपीवान टेलिभिजनमाथि किन छानबिन नहुने भन्दै प्रश्न उठाए ।

“एपीवान टेलिभिजनमा आज पनि जीबी राईको लगानी रहेका तथ्य अदालतको उसको सम्पत्ति रोक्का गरेको विवरणबाट प्रमाणित हुन्छ,” पराजुलीले प्रश्न गरे, “के छानबिनको दायरामा गोर्खा मिडियामात्र हुन्छ ? कि सरकार ढल्छ भन्ने डरले त्यो छानबिन अघि बढाउन नसकेको हो ?”