प्रसाईलाई अनआवश्यक बैंकिङ कसुरको मुद्दा, उनले कर्जा तिर्दै व्यवसाय सञ्चालन

काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयान लिन सुरु गरेको छ । सोमबार ब्युरोले उच्च सरकारी वकिल कार्यालयमा झिकाएर उनीसँग बयान लिन सुरु गरेको हो ।
सीआईबीका अनुसार उनले विभिन्न बैंकबाट करिब ५ अर्ब ऋण लिएका छन् । तर, उनले जुन प्रयोजनका लागि ऋण लिएका हुन् त्यसविपरीत प्रयोग गरेर बैंकिङ कसुर गरेको अनुसन्धान गरिदै छ । तर प्रसाईले भने जुन प्रयोजनका लागि ऋण लिएका थिए ।
त्यही क्षेत्रमा लगानी गरेको र कतिपय ऋण स्वीकृति भएपनि बैंक तथा वित्तीय संस्थाले कर्जा दिएका छैन । जसका कारण व्यवसाय सञ्चालनमा समस्या पनि प्रसाईका परिवारले खेप्नु परेको छ । तर प्रहरीले कर्जा स्वीकृतिलाई आधार बनाएर प्रधामन्त्री केपी ओलीको निर्देशनमा जबरजस्ती प्रसाईमाथि अनुुसन्धान थालेको छ ।
प्रहरीले गत चैत १५ गतेको तीनकुने घटनामा जोडेर प्रसाईलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा जोडेको छ । यो सबै गलत भएको अधिवक्ता स्वागत नेपालको तर्क छ । उनका अनुसार कर्जा स्वीकृति भएकै आधारमा प्रसाईले सबै बैंक तथा वित्तिय संस्थालाई कर्जा तिर्दै आएका छन् । तर एउटा घटनालाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा जोडेर उनलाई दुख दिएको उनको आरोप छ ।
उनले लिएको ऋणको अहिले ब्याजसहित करिब ७ अर्ब पुगेको हल्ला बाहिर चलाइएको छ । तर प्रसाईले सञ्चालन गरेका व्यवसायको साँवा–ब्याज तिर्दै आएको उनीनिकट व्यवसायीहरु बताउँछन् । प्रसाईले भविष्यमा सञ्चालनमा ल्याउन लागेको तारे होटलमा लोन स्वीकृति गरेका कतिपय बैंकले अहिलेसम्म कर्जा नदिएपछि होटल सञ्चालनमा ल्याउन समस्या भइरहेको उनको परिवारले बताउँदै आएका छन् ।
अहिले प्रसाईको व्यवसाय उनको दिदी, छोरा–बुहारी र श्रीमतीले सञ्चाल गदै आएका छन् । प्रसाईले सबै आफनो व्यावसाय परिवारलाई जिम्मा लगाएका छन् ।
प्रसाईलाई राजनीतिक घटनाको समस्या व्यवसायमा सरकारले जोडेको देखिन्छ । जसका कारण उनीमाथि बैंकिङ कसुरसम्बन्धी मुद्दा सरकारले चलाएको आरोप पनि लाग्न थालेको छ ।