पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु
काठमाडौं । कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनालाई उदृत गर्दै तीन भारतीय नागरिकको मृत्यु भएको बताएका छन् ।

यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको छ ।
चौधरीका अनुसार आक्रमणमा मस्जिदसहित धेरै ठाउँलक्षित गरिएका थिए ।
![]() |
![]() |
![]() |
|---|
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्णअधिकार रहेको बताएका छन् । बीबीसी



