पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु 

पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु 
  • २४ बैशाख २०८२, बुधबार ०८:३४

काठमाडौं । कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको मृत्यु भएको छ । समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनालाई उदृत गर्दै तीन भारतीय नागरिकको मृत्यु भएको बताएका छन् । 

यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले बीबीसीलाई बताएअनुसार भारतीय आक्रमणमा दुई बालबालिकासहित सातजनाको मृत्यु भएको छ ।

चौधरीका अनुसार आक्रमणमा मस्जिदसहित धेरै ठाउँलक्षित गरिएका थिए । 

पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरिफले भारतीय आक्रमणप्रति प्रतिक्रिया जनाएका छन् । उनले पाकिस्तानलाई यसको जवाफ दिने पूर्णअधिकार रहेको बताएका छन् । बीबीसी