Close

Recent Posts

राजावादी समितिले नयाँ चरणको आन्दोलन गदै, प्रसाईको अभाव खड्कियो

राजावादी समितिले नयाँ चरणको आन्दोलन गदै, प्रसाईको अभाव खड्कियो
  • २४ बैशाख २०८२, बुधबार १०:२३

काठमाडौं– नवराज सुबेदीको नेतृत्वको संयुक्त जनआन्दोलन समितिले भोलि नयाँ चरणको आन्दोलन घोषणा गर्ने भएको छ । समितिको आयोजनामा सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आन्दोलनको घोषणा गर्ने तयारी गरिएको हो ।

mulpatra

घोषणा सभामा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका केशरबहादुर विष्ट पनि उपस्थित हुने जनाइएको छ । यस्तै नेपाली काङ्ग्रेस (बीपी)का सुशीलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत लगायत राजावादी हिन्दूवादी संघ, संस्था र अभियानको सहभागिता रहने बुझिएको छ ।

राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले नवराज सुबेदीको नेतृत्वमा रहेको जनआन्दोलन समितिले भोलि आन्दोलनको घोषणा गर्ने र सो कार्यक्रममा पार्टी अध्यक्ष कमल थापाको उपस्थिति हुने पुष्टि गरे ।

mulpatra mulpatra mulpatra

उनले भने ‘कार्यक्रममा पार्टी अध्यक्ष थापा सहभागी हुनुहुन्छ, भ्रष्ट व्यवस्था र शासकबाट मुक्तिको लागि आन्दोलन अपरिहार्य छ, आन्दोलन शान्तिपूर्ण हुनेछ ।’

राजावादी आन्दोलनमा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईको अभाव खड्किएको समितिले जनाएको छ । प्रसाई आन्दोलनमा सहभागि हुँदा धेरै जनता आउने समितिको बुझाई छ । प्रसाई आन्दोलनमा आउने भनेपछि बेग्लै उर्जा सिर्जना हुने आन्दोलनको स्वरुप पनि फरक हुने समितिका सदस्यहरुको भनाइ छ ।

प्रसाईको रिहाइका लागि समितिले भोली व्यापक माग गर्ने भएको छ भोलि हुने कार्यक्रममा विभिन्न ५० भन्दा बढी संघ संस्थाहरूले अब हुने आन्दोलनमा समर्थन जनाउँदै प्रतिबद्धता व्यक्त गर्ने तयारी रहेको स्रोतको दाबी छ ।

Image Source: © https://mulpatra.com