Close

Recent Posts

भारत र पाकिस्तानलाई चीनको आग्रहः हामी चिन्तित छौँ, संयम होऊ

भारत र पाकिस्तानलाई चीनको आग्रहः हामी चिन्तित छौँ, संयम होऊ
  • २४ बैशाख २०८२, बुधबार १४:३३

काठमाडौं– भारतले पाकिस्तानमा गरेको हवाई हमलालाई ’खेदजनक’ भएको टिप्पणी गर्दै चीनले दुवै देशलाई संयम बन्न आग्रह गरेको छ । भारत र पाकिस्तानबीच जारी तनावका विषयमा चीनको विदेश मन्त्रालयले भारत–पाकिस्तानबीचको वर्तमान अवस्थाले चीनलाई चिन्तित बनाएको उल्लेख गरेको छ ।

mulpatra

चीनको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘आज बिहान भारतले गरेको सैन्य कारबाही चीनलाई खेदजनक लागेको छ। हामी जारी अवस्थाप्रति चिन्तित छौँ । भारत र पाकिस्तान एकअर्काको छिमेकी हुन् र सधैँ रहनेछन् ।

उनीहरू दुवै चीनका पनि छिमेकी हुन्। चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दछ। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत् हितमा काम गर्न, शान्त रहन, संयम अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने क्रियाकलाप नगर्न आग्रह गर्दछौँ ।’

mulpatra mulpatra mulpatra

बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले मंगलबार राति १ः०५ देखि १ः३० बजेबीच ’अपरेसन सिन्दूर’ सुरु गरेको बताइन् ।

उनले भनिन्, ‘यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी हमलाको सिकार भएका निर्दोष नागरिक र उनीहरूका परिवारलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो। यस अपरेसनमा नौ आतंकवादी शिविरलाई लक्ष्य गरी पूर्ण रूपमा ध्वस्त पारिएको छ ।’

उक्त आक्रमणका विषयमा भारतीय र पाकिस्तानी सञ्चारमाध्यमले आआफ्नै दाबी गरिरहेका छन् । पाकिस्तानले जवाफका क्रममा भारतका पाँचवटा लडाकु विमान खसालिदिएको दाबी गरेको छ भने यस विषयमा भारतले अहिलेसम्म केही बोलेको छैन । उक्त आक्रमणलाई भारतले अपरेसन सिन्दूर नाम दिएको छ ।

Image Source: © https://mulpatra.com