Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

तीनकुने प्रदर्शनमा विध्वंस मच्चाएर राजालाई खुशी र प्रसाईलाई फसाउन राप्रपा रणनीति

तीनकुने प्रदर्शनमा विध्वंस मच्चाएर राजालाई खुशी र प्रसाईलाई फसाउन राप्रपा रणनीति
  • ३ जेष्ठ २०८२, शुक्रबार १२:३९

काठमाडौं– तीनकुने घटनालाई जोडेर प्रधानमन्त्री केपी ओलीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई फसाउन सबै राज्यशक्ति प्रयोग गरिरहेका छन् । हाल प्रसाई प्रहरी हिरासतमा छन् ।

mulpatra

प्रसाईलाई ओली मात्र होइन । राजावादीकै वकालत गदै आएको दुई राप्रपा र राजावादी समुहकै केही व्यक्ति लागेको प्रहरी स्रोतको दाबी छ ।

गत चैत १५ गते तीनकुनेमा राजावादीले गरेको प्रदर्शनमा दुर्गा प्रसाईलाई फसाउने एमाले, दुई राप्रपा र राजावादी समूहको योजना अगाडी नै बनाएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापापनि उक्त रणनीतिमा लागेको र उनीहरुकै सल्लाहमा केही राजावादीले उग्र रुप देखाएको पक्राउ परेकाले प्रहरीसँग बयान दिएका छन् ।

mulpatra mulpatra mulpatra

राजावादीको कार्यक्रम सुरु हुनुअघि नै राप्रपा र राजासंस्था फकाउने अभियान समितिका संयोजक नवराज सुवेदी मञ्चमा पुगेर कार्यक्रम सुरु गरेका थिए । सुवेदी प्रमुख अथिति भएर कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम सञ्चालन राप्रपाकी नेता खुश्बु ओलीले कार्यक्रम सुरु गरेकी थिइन् ।

त्यतिबेला सम्म मञ्चमा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानका कोही व्यक्ति सहभागि नभएको प्रहरी अनुसन्धानमा भनिएको छ । प्रसाई कार्यक्रममा पुग्नु अघि नै राप्रपाका नेता धवलशम्शेर जवरा र रविन्द्र मिश्रले प्रदर्शनकारीलाई उकासेका थिए । उनीहरुले प्रदर्शनकारीलाई भड्काउन अनेक भाषण गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

तीनकुने घटनालाई हिंसात्मक बनाएपछि प्रसाईलाई दोषी देखाउँदै पुर्वराजा ज्ञानेन्द्र शाहलाई खुशी बनाएर आफनो पक्षमा तान्ने रणनीतिमा राप्रपा थिए । सोहीअनुसार राप्रपाकै कार्यकर्ता र सन्त्तोस राजावादीको समुह प्रयोग भएको अनुसन्धानमा खटिएका एक जना प्रहरी अधिकृतले जानकारी दिए ।

Image Source: © https://mulpatra.com

प्रहरीका अनुसार प्रसाईको तीनकुने घटनामा त्यति ठुलो दोष छैन । गत चैत १५ गते तीनकुने घटनाको मुख्य योजनाकारका रुपमा प्रसाईलाई मुद्दा चलाउन ओलीले ठुलै शक्ति प्रयोग गरे । त्यति मात्र होइन । राजतन्त्रको पक्षमा गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनलाई प्रसाईंले योजनाबद्ध रूपमा हिंसात्मक बनाएको प्रहरी निष्कर्ष छ । यसमा पनि प्रहरीले अदालतमा बलियो प्रमाण जुटाउन सकेनन् ।

ओलीले प्रसाईलाई तीनकुने घटनामा सिधै व्यक्तिगत इगो देखाए । उनको व्यक्तिगत इगोमा सरकारी वकिल र प्रहरीको प्रयोग गरे । ओलीले प्रसाईलाई २०८४ सम्म जेल हाल्ने गरी तीनकुने घटनामा मुद्दा लगाउन चाहेको प्रहरी नै बताउँछन

ओलीले यति धेरै राज्यशक्तिको दुरुपयोग गर्दापनि प्रसाईलाई फसाउने आधार भेटेनन् । जसका कारण अहिले स्यंम प्रधानमन्त्री ओली तनाबमा छन् ।

यस विषयमा प्रसाईले भने अहिलेसम्म मुख खोलेका छैन । तर प्रसाईले आगामी दिनमा राजासंस्था फकाउन अभियानका सहयोग गर्ने संकेत गरेका छन् ।