तीनकुने प्रदर्शनमा विध्वंस मच्चाएर राजालाई खुशी र प्रसाईलाई फसाउन राप्रपा रणनीति

काठमाडौं– तीनकुने घटनालाई जोडेर प्रधानमन्त्री केपी ओलीले नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईलाई फसाउन सबै राज्यशक्ति प्रयोग गरिरहेका छन् । हाल प्रसाई प्रहरी हिरासतमा छन् ।
प्रसाईलाई ओली मात्र होइन । राजावादीकै वकालत गदै आएको दुई राप्रपा र राजावादी समुहकै केही व्यक्ति लागेको प्रहरी स्रोतको दाबी छ ।
गत चैत १५ गते तीनकुनेमा राजावादीले गरेको प्रदर्शनमा दुर्गा प्रसाईलाई फसाउने एमाले, दुई राप्रपा र राजावादी समूहको योजना अगाडी नै बनाएको एक प्रहरी उच्च अधिकारीले जानकारी दिए । उनका अनुसार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापापनि उक्त रणनीतिमा लागेको र उनीहरुकै सल्लाहमा केही राजावादीले उग्र रुप देखाएको पक्राउ परेकाले प्रहरीसँग बयान दिएका छन् ।
राजावादीको कार्यक्रम सुरु हुनुअघि नै राप्रपा र राजासंस्था फकाउने अभियान समितिका संयोजक नवराज सुवेदी मञ्चमा पुगेर कार्यक्रम सुरु गरेका थिए । सुवेदी प्रमुख अथिति भएर कार्यक्रम सुरु गरिएको थियो । कार्यक्रम सञ्चालन राप्रपाकी नेता खुश्बु ओलीले कार्यक्रम सुरु गरेकी थिइन् ।
त्यतिबेला सम्म मञ्चमा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियानका कोही व्यक्ति सहभागि नभएको प्रहरी अनुसन्धानमा भनिएको छ । प्रसाई कार्यक्रममा पुग्नु अघि नै राप्रपाका नेता धवलशम्शेर जवरा र रविन्द्र मिश्रले प्रदर्शनकारीलाई उकासेका थिए । उनीहरुले प्रदर्शनकारीलाई भड्काउन अनेक भाषण गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
तीनकुने घटनालाई हिंसात्मक बनाएपछि प्रसाईलाई दोषी देखाउँदै पुर्वराजा ज्ञानेन्द्र शाहलाई खुशी बनाएर आफनो पक्षमा तान्ने रणनीतिमा राप्रपा थिए । सोहीअनुसार राप्रपाकै कार्यकर्ता र सन्त्तोस राजावादीको समुह प्रयोग भएको अनुसन्धानमा खटिएका एक जना प्रहरी अधिकृतले जानकारी दिए ।
प्रहरीका अनुसार प्रसाईको तीनकुने घटनामा त्यति ठुलो दोष छैन । गत चैत १५ गते तीनकुने घटनाको मुख्य योजनाकारका रुपमा प्रसाईलाई मुद्दा चलाउन ओलीले ठुलै शक्ति प्रयोग गरे । त्यति मात्र होइन । राजतन्त्रको पक्षमा गत १५ चैतमा काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनलाई प्रसाईंले योजनाबद्ध रूपमा हिंसात्मक बनाएको प्रहरी निष्कर्ष छ । यसमा पनि प्रहरीले अदालतमा बलियो प्रमाण जुटाउन सकेनन् ।
ओलीले प्रसाईलाई तीनकुने घटनामा सिधै व्यक्तिगत इगो देखाए । उनको व्यक्तिगत इगोमा सरकारी वकिल र प्रहरीको प्रयोग गरे । ओलीले प्रसाईलाई २०८४ सम्म जेल हाल्ने गरी तीनकुने घटनामा मुद्दा लगाउन चाहेको प्रहरी नै बताउँछन
ओलीले यति धेरै राज्यशक्तिको दुरुपयोग गर्दापनि प्रसाईलाई फसाउने आधार भेटेनन् । जसका कारण अहिले स्यंम प्रधानमन्त्री ओली तनाबमा छन् ।
यस विषयमा प्रसाईले भने अहिलेसम्म मुख खोलेका छैन । तर प्रसाईले आगामी दिनमा राजासंस्था फकाउन अभियानका सहयोग गर्ने संकेत गरेका छन् ।