Close

Recent Posts

पैसावाला व्यवसायीले मात्र मलेसिया कामदार पठाउने गरी लगाउन खोजीएको सिण्डिकेट मान्य हुँदैन: बैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठ

पैसावाला व्यवसायीले मात्र मलेसिया कामदार पठाउने गरी लगाउन खोजीएको सिण्डिकेट मान्य हुँदैन: बैरो संघका प्रथम उपाध्यक्ष श्रेष्ठ

मलेसिया सिण्डिकेट: ६० बढी म्यानपावरको नाम परराष्ट्र मन्त्रीको हातमा, साढे एक अर्बको चलखेल

मलेसिया सिण्डिकेट: ६० बढी म्यानपावरको नाम परराष्ट्र मन्त्रीको हातमा, साढे एक अर्बको चलखेल
  • ८ जेष्ठ २०८२, बुधबार ११:३०

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले थालेको मलेसिया रोजगारीमा देखिएको सिन्डिकेटविरुद्धको आन्दोलन गरिरहेका छन् । तर मलेसिया कामदार पठाउनका लागि केही म्यानपावरको नाम परराष्ट्र मन्त्री आरजु राणाको टेबुलमा छ ।

mulpatra

हाल गत वैदेशिक रोजगार विभागमा १,१६० म्यानपावर कम्पनी दर्ता छन् । चालु आर्थिक वर्षमा थपिएका १ सय ४० नयाँ म्यानपावरमध्ये ६० देखि ७० वटा म्यानपावरको नाम परराष्ट्र मन्त्री आरजु राणाको टेबलमा पुगेको र मलेसिया रोजगारीमा सिण्डिकेट लगाउन उनैको हात रहेको एक म्यानपावर व्यवसायीले बताए ।

उनका अनुसार मलेसियामा ‘मेडिकल सिन्डिकेट’ चलाउने माफिया नै रोजगारीमा पनि सिन्डिकेट लाद्ने प्रयासमा छन् । यसको मुख्य नाइके भनेको कैलाश खड्का भएको उनले बताए । ‘खड्काले बंगलादेशी नागरिक अमिनसँग मिलेर परराष्ट्र मन्त्रीलाई आर्थिक प्रलोभन देखाएका छन् । नेपाली एजेन्ट कैलाश खड्का हुन् ।’ उनले भने ।

हाल मलेसिया जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण ३६ वटा संस्थामार्फत मात्र हुँदै आएको छ । यो प्रक्रिया खारेजी भएपनि खड्काले मन्त्री राणाको भरमा चलाइरहेका छन् ।

संघले स्वास्थ्य परीक्षण प्रक्रियामा पनि सिन्डिकेट दोहोर्याउने प्रयास भइरहेको आरोप लगाइरहेको छ ।

बुधबारदेखि कालोपट्टी र कालो ब्यानरसहित आन्दोलनमा उत्रिएको संघको पक्षमा ७० प्रतिशत म्यानपावरको समर्थन रहेको संघका अध्यक्ष भुवनसिंह गुरुङले जानकारी दिए । उनका अनुसार अहिले मलेसिया रोजगारी जसरी लगाउन आर्थिक चलखेल भइरहेको छ । यो रोक्न सबै व्यवसायी लागि परेको उनले बताए ।

मलेसिया रोजगारी सिन्डिकेटका लागि ६० देखि ७० म्यानपावरले साढे एक अर्बभन्दा बढी पैसा उठाएर मलेसिया र नेपालमै लबिङ गरिरहेको म्यानपावर व्यवसायीभित्रै चर्चा छ । केही ठुला व्यवसायी निल यसमा लागेको र यस नेतृत्व कैलाश खड्काले गरेको संघकै पदाधिकारीहरु जनाउँछन् ।

आधाभन्दा बढी व्यवसायीको समर्थन रहेको उनको भनाइ छ । सिन्डिकेट विरोधमा श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र मलेसियास्थित सम्बन्धित निकायको ध्यान आकर्षण गराएको संघले जनाएको छ ।

स्रोतका आधारमा बनाइएको रिपोर्ट

मलेसिया सिण्डिकेट……………….चलखेल शिर्षकको यस समाचार प्रति सम्बन्धित पक्षलाई पर्न गएको असुविधा प्रति क्षमा याचना गरी समाचार अदृश्य गरेका छौं । आगामी दिनमा पत्रकार आचार संहिताको पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । सम्पादक