Close

Recent Posts

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

इमेल हेर्ने नजान्ने अध्यक्ष भएपछि ताला फुटाउनु सामान्य, भवन निर्माणमा सुक्को नखर्चिएका गुरुङलाई जिताउने व्यवसायीनै लज्जित

अफताब आलमलाई उच्च अदालतको सफाइ, जिल्लाको फैसला उल्टियो

अफताब आलमलाई उच्च अदालतको सफाइ, जिल्लाको फैसला उल्टियो
  • १५ जेष्ठ २०८२, बुधबार १८:१५

काठमाडौं– बम विस्फोट गरी व्यक्ति हत्या गरेको आरोपमा जन्मकैद सजाय पाएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई उच्च अदालतले सफाइ दिएको छ ।

mulpatra

उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको हो ।

२०८१ वैशाख १३ गते न्यायाधीश रौतहट अदालतका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको थियो ।

mulpatra mulpatra mulpatra

पहिलो संविधानसभा निर्वाचनताका बम बनाउने क्रममा पड्केर घाइते भएका पाँचजनालाई इटाभट्टामा हालेर आलमले निर्ममतापूर्वक हत्या गरेका थिए । सो मुद्दामा आलम ०७६ असोजमा पक्राउ परेका थिए ।

त्यसबेला आलमका भाइ मोहम्मद मोहताब आलम, सेख सराज र बद्री सहनीलाई पनि जन्मकैदको सजाय सुनाइएको थियो । सहनी इँटाभट्टाका मुनसी थिए ।