Close

Recent Posts

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

बैरोकी डिजि आचार्यको म्यानपावरलाई हप्काइ–दप्काइः पुर्वमुख्यसचिव अर्याल र सहसचिव भुसालको आडमा म्यानपावरमाथि आख्तियारसँगै सम्पति शुद्धीकरण लगाउने धम्की

सुस्तामा सीमा विवाद समाधानका लागि सर्वपक्षीय छलफल

सुस्तामा सीमा विवाद समाधानका लागि सर्वपक्षीय छलफल
  • १ असार २०८३, सोमबार २०:५२

काठमाडौं–पश्चिम नवलपरासीको सुस्तास्थित नेपाली भूमिमा हतियारधारी भारतीय सुरक्षाकर्मी प्रवेश गरेको घटनापछिको परिस्थिति र समाधानको उपाय खोजीका लागि सुस्तामा सर्वपक्षीय छलफल गरिएको छ ।

mulpatra

स्थानीय तह, प्रशासन, सुस्ताबासी र संघीय सांसदबीच छलफल आयोजना गरिएको हो । त्यहाँको वस्तुस्थिति बुझ्न नवलपरासी पश्चिमका रास्वपा सांसद विक्रम खनाल पुगेका छन् ।

खनालले सुस्ताको पछिल्लो अवस्था र सीमा क्षेत्रको समस्याबारे प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रालयलाई लिखित रूपमा जानकारी गराई कूटनीतिक माध्यमबाट समाधान खोज्ने आश्वासन दिए । पछिल्लो समय बाक्लोरूपमा एसएसबी नेपाली भूमिमा प्रवेश गरेपछि चौतर्फी विरोध भइरहेको छ ।

mulpatra mulpatra mulpatra

सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालका अनुसार भारतीय सुरक्षाकर्मीले नयाँ स्थानबाट नेपाली भूमिमा प्रवेश गर्ने र पछि ती क्षेत्रलाई आफूहरूले पहिलेदेखि प्रयोग गर्दै आएको दाबी गर्ने गरेका छन् । यस्ता गतिविधिका कारण सीमा क्षेत्रमा पटक–पटक विवाद उत्पन्न हुने गरेको छ ।

सांसद खनालले नेपाल र भारतका सुरक्षाकर्मीबीच हुने आधिकारिक संयुक्त गस्तीबाहेक अन्य कुनै पनि बहानामा भारतीय एसएसबी नेपाली भूमिमा प्रवेश गर्न नहुने बताए। उनले सीमा क्षेत्रमा यस्ता गतिविधि दोहोरिन नदिन सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्नेमा जोड दिए ।

स्थानीयले भारतीय पक्षबाट पटक–पटक हुने सीमा अतिक्रमण प्रयासप्रति सरकार गम्भीर बन्नुपर्ने माग गरेका छन् । उनीहरूले सुस्ताको सीमा विवादको दीर्घकालीन तथा स्थायी समाधान खोज्न सरकारसँग आग्रह गरेका छन् । नारायणी नदीको धार परिवर्तनसँगै वर्षौंदेखि विवादमा रहेको सुस्ता क्षेत्र पुनः चर्चामा आएको छ ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com