प्रत्येक विद्यालयलाई २५ लाख अनुदान, विदेशी विद्यार्थीलाई निःशुल्क भिसा

काठमाडौं– सरकारले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाउने भएको छ । संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको लागि विनियोजित बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले शिक्षा प्रणालीलाई आधुनिक प्रविधिमैत्री बनाइने बताए ।
उनले प्रत्येक जिल्लामा एक विद्यालय पर्ने गरी प्रोत्साहा कार्यक्रम सुरु गरिने उल्लेख छ । यसका लागि प्रति विद्यालय २५ लाख रुपैयाँ अनुदान दिइने भएको छ ।
सरकारले विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न प्रवेशाज्ञा (भिसा) शुल्कमा छुट दिने भएको छ। बिहीबार आर्थिक वर्ष २०८२÷०८३ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन्।
त्यस्तै विदेशी विद्यार्थीका अभिभावकलाई बहुप्रवेश भिसा दिइने भएको छ।