आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड
  • १६ जेष्ठ २०८२, बिहीबार १७:१३

काठमाडौं–सरकारले आगामी आर्थिक वर्ष २०८२÷०८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा उक्त आकारको बजेट पेस गरेका हुन् । मन्त्री पौडेलले गत आवको भन्दा १ खर्ब ४ अर्ब ठूलो बजेट ल्याएका हुन् ।

यो चालु आवको तुलनामा ५.५८ प्रतिशतले धेरै हो । यो संशोधित बजेट भन्दा १८.२ प्रतिशत धेरै हो । यस वर्ष सरकारले १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको थियो ।

सरकारले चालु बजेट ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६०।१ प्रतिशत हो । पुँजीगत तर्फ ४ खर्ब ७ अर्ब ८९ करोड विनियोजन भएको छ । यो कुल बजेटको २०.८ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ खर्ब ७५ अर्ब २४ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.१ प्रतिशत हो ।