Close

Recent Posts

कुवेतमा नेपाली कामदार बैंकिङ ठगीमा पक्राउ

कुवेतमा नेपाली कामदार बैंकिङ ठगीमा पक्राउ
  • १८ जेष्ठ २०८२, शनिबार १९:०६

काठमाडौं – वैदेशिक रोजगारीमा कुवेतमा कार्यरत एक नेपाली कामदार कुवेती आपराधिक सुरक्षा क्षेत्रको वित्तीय अपराध नियन्त्रण विभागले अत्याधुनिक बैंक ठगी कार्यमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ ।

mulpatra

उनीविरुद्ध बैंकिङ ठगीसँग सम्बन्धित मुद्दा नम्बर २२५३÷२०२४ र २२३४÷२०२४ मा अनुसन्धान भइरहेको कुवेती प्रहरीले बताएको छ । अनुसन्धान अधिकारीहरूले उनको साथबाट ८ वटा बैंक कार्ड र ४ वटा सिमकार्ड बरामद गरेको बताइएको छ ।

कुवेती सञ्चारमाध्यमबाट उनको तस्बिर सार्वजनिक भएपनि पक्राउ परेका ती नेपाली कामदारको नेपाली ठेगाना सार्वजनिक गरिएको छैन । अनुसन्धानका क्रममा सोधपुछपछि उनले आफ्नो निवासमा थप सामानहरू राखेको स्वीकार गरेका छन् । त्यसपछिको खोजीमा थप १२ वटा बैंक कार्ड, १६ वटा सिमकार्ड, धेरै बैंक कागजातहरू र खाली सिमकार्डहरू बरामद गरिएको प्रहरीले दाबी गरेको छ ।

mulpatra mulpatra mulpatra

पक्राउ परेका नेपालीले कुवेतमा वैदेशिक रोजगारमा रहेका अन्य नेपालीका बैंक कार्ड र सिमकार्डहरू पनि दुरुपयोग गरेर बैकिङ ठगी गरेको अनुसन्धानका क्रममा देखिएको त्यहाँको प्रहरीले बताएको छ ।

कुवेतका सञ्चारमाध्यमहरूले अभियुक्तलाई सार्वजनिक अभियोजनमा पठाइ कानुनी कारबाही भइरहेको भन्दै ठगीमा संलग्न थप संदिग्धहरूको पहिचान र गिरफ्तार गर्न अन्तर्राष्ट्रिय समकक्षीहरूसँग समन्वय भइरहेको उल्लेख गरेका छन् ।

कुवेतमा केही नेपाली घरेलु मदिराको अवैधानिक कारोबारमा संलग्न भएको र उनीहरू पक्राउ परेको समाचार पटक–पटक सार्वजनिक हुने गरेकोे भएपनि संगठितरूपमा बैंक ठगीको अपराधमा संलग्न भएको घटना नयाँ भएको बताइएको छ ।

Image Source: © https://mulpatra.com