पाकिस्तानीले लडाकु विमान खसालेको भारतीय उच्च सैन्य अधिकारीको स्वीकार

काठमाडौं– भारतीय सेनाका चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहानले गत साता भएको युद्धका क्रममा पाकिस्तानले भारतीय लडाकु विमान खसालेको स्वीकार गरेका छन् । भारतको तर्फबाट आफ्ना लडाकु जेट खसालिएको सन्दर्भमा आएको यो पहिलो बयान हो ।
जनरल चौहानले सिंगापुर भ्रमणका क्रममा ब्लमबर्ग टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा पाकिस्तानले लडाकु जेट विमान खसालेको स्वीकार गरे तर संख्या भन्न चाहिँ अस्वीकार गरे ।
पाकिस्तानले ६ वटा राफेलले विमान खसालेको दाबी गर्दै आएको छ । तर जनरल चौहानले यति मात्र भने–मलाई के लाग्छ भने, यो जरुरी छैन कि कति जेट गिराइयो तर यस्तो किन भयो यो महत्त्वपूर्ण छ । यसबाट हामीले आफ्नो प्राविधिक गल्ती जान्न पायौँ र हामीले त्यसलाई सुधार गरेर दुई दिनपछि लागु पनि गरेका छौं । त्यो घटनापछि हामीले सबै जेट उडायौं र लामो दूरीका ठेगानाहरूमा निशाना बनाउन पनि सफल भयौँ ।
पत्रकारले पटक पटक सोधेको प्रश्नमा उनले कतिवटा लडाकु विमान पाकिस्तानले खसाल्यो भन्ने कुरा चाहिँ बताउन चाहेनन् । पाकिस्तानले चीनमा निर्मित जेटको सहायताबाट भारतका फ्रान्समा निर्मित ६ वटा राफेल विमान खसालेको दाबी गर्दै आएको छ ।
भारतले पाकिस्तानको दाबी खण्डन गर्दै आएको थियो । जबकि राफेल विमान खसेको समाचारसँगै फ्रान्समा उक्त कम्पनीको शेयर माकेर्ट समेत गिरेको थियो ।