Close

Recent Posts

क्षेत्रीको माया हो माया गीत सार्वजनिक

क्षेत्रीको माया हो माया गीत सार्वजनिक
  • २२ जेष्ठ २०८२, बुधबार १२:२८

काठमाडौं– पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले काठमाडौँमा एक समारोहबिच गीत लेखनमा सक्रिय सञ्चारकर्मी डब्बु क्षत्रीको शब्द रचना रहेको ‘माया हो माया’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

mulpatra

गायक डेविड शंकर र गायिका बेनिशा पौडेलको युगल स्वरमा रहेको गीतका संगीतकार दिपक शर्मा हुन् भने जुगल डंगोलले संगीत संयोजन गरेका छन् । अभिनेता प्रवण भुसाल र गायिका एवं मोडल सरिता भारती अभिनित भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् ।

भिडियो मुगुको रारा, कालिकोट र जुम्लामा छायांकन गरिएको छ । कर्णालीको सुन्दरतालाई प्रवर्धन गर्ने उद्देश्यले गीतको भिडियोलाई ती क्षेत्रमा छायांकन गरिएको गीतकार डब्बु क्षत्रीले बताए । यसमा दिब्यराज सुवेदीको छायांकन, दिलमाया मगर र सञ्जिता बरालको ड्रेस डिजाइन रहेको छ ।

mulpatra mulpatra mulpatra