Close

Recent Posts

लघुवित्तका ऋण नतिर्ने छुट्याएर कालोसूचीमा राखिर्दै

लघुवित्तका ऋण नतिर्ने छुट्याएर कालोसूचीमा राखिर्दै
  • २७ जेष्ठ २०८२, सोमबार ११:३२

काठमाडौं– नेपाल राष्ट्र बैंके नियतपूर्वक ऋण नतिर्ने लघुवित्तका ऋणीलाई छुट्याउने भएको छ । राष्ट्र बैंकले त्यस्ता ऋणीलाई कालोसूचीमा समेत राख्ने भएको छ । केन्द्रीय बैंकले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।

mulpatra

लघुवित्त वित्तीय संस्थाले परिस्थितिवश ऋण नतिर्ने ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरे पनि यदि केही समय प्रदान गरे ऋणीले प्रयास गरी छोटो अवधिमा ऋण चुक्ता गर्छ भन्ने संस्थालाई लागे ६ महिनाका लागि कालोसूचीबाट हटाउने व्यवस्था गर्न सक्ने छुट केन्द्रीय बैंकले दिएको छ ।

यस्तो ऋणीले ६ महिनाभित्र ऋण चुक्ता नगरे अनिवार्य कालोसूचीमा समावेश गर्न केन्द्रलाई सिफारिस गर्नुपर्ने भएको छ । राष्ट्र बैंकले नियतपूर्वक ऋण नतिर्ने ऋणी पहिचान गर्न लघुवित्तको ऋण नतिर्ने ऋणीको वर्गीकरण सम्बन्धी व्यवस्था गरेको छ । अब नियतपूर्वक ऋण नतिर्ने ऋणी र परिस्थितिवश ऋण नतिर्ने ऋणी छुट्याउनुपर्ने भएको छ ।
नियतपूर्वक ऋण नतिर्ने ऋणीको सूचीमा भुक्तानीको भाखा नाघेको एक वर्षसम्म पनि संस्थाको सम्पर्कमा नआएका, ऋण नतिरी बेपत्ता भएका वा भागेका र भुक्तानी प्रतिबद्धता जाहेर नगरेका ऋणी पर्नेछन् ।

mulpatra mulpatra mulpatra

संस्थाको कर्जा बक्यौता राफसाफ गर्न धितो बिक्री गर्न सकिने अवस्था हुँदाहुँदै बिक्री गर्न नखोज्ने वा नदिने अवस्था सिर्जना गरेका, आफूसँग भएका अन्य सम्पत्ति ऋण तिर्न प्रयोग नगरेका ऋणी पनि उक्त सूचीमा पर्नेछन् ।

संस्थाबाट जुन परियोजनाका लागि ऋण लिएको हो, उक्त ऋण त्यसमा प्रयोग नगरी अन्य उद्देश्यमा प्रयोग गरेका व्यवसायबाट आर्जित रकम ऋण तिर्नमा नलगाई अन्य कार्यमा प्रयोग गरेका तथा अन्य सम्पत्ति सिर्जना गरेका ऋणी उक्त सूचीमा पर्नेछन् ।

त्यस्तै पारिवारिक आय, धितो वा व्यवसायका सन्दर्भमा जानीबुझी झुठो विवरण प्रदान गरेका, ऋणसँग सम्बन्धित धितो हिनामिना गरेको पाइएका ऋणी पनि नियतपूर्वक ऋण नतिर्ने ऋणीको सूचीमा पर्ने भएका छन् ।

Image Source: © https://mulpatra.com

ऋण प्रदान गर्ने संस्थाका कर्मचारीसँग÷लाई मिलेमतो गरी÷दुरुत्साहित गरी वा अन्य गैरकानुनी लेनदेन गरी ऋण लिएका र नतिर्नका लागि अवाञ्छित दबाब दिने गरेका तथा ऋणसँग सम्बन्धित धितो हिनामिना गरेको पाइएका ऋणीसमेत उक्त सूचीमा पर्ने भएका हुन् ।

ऋण तिर्ने मनसाय हुँदाहुँदै काबु बाहिरको परिस्थिति, असहज आर्थिक, व्यापारिक तथा औद्योगिक अवस्था वा प्रतिकूल आन्तरिक÷वाह्य अवस्था वा प्राकृतिक प्रकोपका कारण व्यवसाय वा पारिवारिक आयमा कमी आई वा समस्याग्रस्त बनी ऋण तिर्न नसकेका ऋणी परिस्थितिवश ऋण तिर्न नसक्ने सूचीमा पर्छन् ।