Close

Recent Posts

कर्जा ब्याजदर ८.११ प्रतिशत पुग्यो

कर्जा ब्याजदर ८.११ प्रतिशत पुग्यो
  • २९ जेष्ठ २०८२, बुधबार ११:४०

काठमाडौं– वाणिज्य बैंकहरुको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ । वैशाखमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ८.११ प्रतिशतमा आएको छ ।

mulpatra

बैंकहरुको आधारदर ६.१७ प्रतिशतमा आएको छ। गत वर्ष वैशाखमा वाणिज्य बैंकको आधारदर औसतमा ८.३४ प्रतिशत थियो। चैतमा यस्तो दर ६.२९ प्रतिशत थियो ।

चालु वर्ष चैतमा यस्तो ब्याजदर ८.२२ प्रतिशत थियो। पोहोर वैशाखमा बैंकहरुको कर्जाको औसत ब्याजदर १०.३४ प्रतिशत थियो। पछिल्लो एक वर्षमा बैंकहरुको कर्जाकै ब्याजदर २.२३ प्रतिशत विन्दुले घटेको हो ।

mulpatra mulpatra mulpatra

बैंकहरुको निक्षेपको औसत ब्याजदर ४.३७ प्रतिशतमा आएको छ। पोहोर १० महिनामा वाणिज्य बैंकको निक्षेपको ब्याज औसतमा ६.३५ प्रतिशत थियो।

चैतमा निक्षेपको औसत ब्याज ४.४५ प्रतिशत थियो । बैंकहरुले साढे तीन वर्षदेखि निरन्तर निक्षेपको ब्याज घटाउँदा कर्जाको ब्याज सस्तिएको हो ।