इरानमा १५ हजार नेपाली कार्यरत रहेको अनुमान, युद्ध चर्किए उद्धारको तयारी खोइ सरकार

इरानमा १५ हजार नेपाली कार्यरत रहेको अनुमान, युद्ध चर्किए उद्धारको तयारी खोइ सरकार
  • ३१ जेष्ठ २०८२, शुक्रबार १९:३०

काठमाडौं– इजरायल र इरानबीच तनाव बढेसँगै खाडी क्षेत्रमा रहेका नेपालीबारे चिन्ता सुरु भएको छ । दुई देशको तनाव बढ्दा ईरान र इराकसँगै मध्य पूर्वका अरु देशमा पनि असर पर्ने देखिएको छ ।

सरकारले इराकमा काम गर्न रोक लगाए पनि त्यहाँ अवैधानिक बाटोबाट पुगेका १५ हजारभन्दा बढी नेपाली कार्यरत रहेको अनुमान छ । इरानमा कति नेपाली छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन ।

खाडीमा तनाव बढ्दै गएपछि आइतबार परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीले यसबाट प्रवासमा रहेका नेपालीमा पर्नसक्ने असर र त्यसबाट सुरक्षित रहने उपायबारे छलफल नगर्ने गरेको कामदारको गुनासो छ ।
आज राती इजरायलले इरानमा आक्रमण गनर्दा सैन्य अधिकारीहरूको मृत्यु इजरायली हवाई हमलामा इरानी इस्लामिक रिवोल्युसनरी गाड्र्स कोप्र्सका प्रमुख होसैन सलामीको मृत्यु भएको पुष्टि गरिएको छ ।

त्यसैगरि इरानी सशस्त्र सेनाका प्रमुख मोहम्मद बाघेरीको मृत्युको पुष्टि इजरायली सेनाले गरेको छ, जबकि इरानी राज्य सञ्चारमाध्यमले यसलाई अस्वीकार गरेका छन्। इरानी वायु रक्षा सेनाका प्रमुख घोलाम अली राशिदको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
प्रख्यात आणविक वैज्ञानिक फरेदुन अब्बासी(दानानीको मृत्यु भएको इरानी राज्य सञ्चारमाध्यमले पुष्टि गरेका छन् । अर्का एक आणविक वैज्ञानिक मोहम्मद मेहदी तेहरांचीको पनि मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

इरानी सेनाका दुई सैनिक सज्जाद मन्सुरी र मेहदी नगवीको मृत्यु भएको इरानी इस्लामिक रिवोल्युसनरी गाड्र्स कोप्र्स ले जनाएको छ ।


खाडी क्षेत्रका १५ मुलुकमध्ये इरान सहित साइप्रस, इराक, जोर्डन, लेबनान, सिरिया, टर्की र यमनमा नेपाली दूतावास नै छैन । इरानमा नेपालले सन् १९७५ मा दूतावास स्थापना गरे पनि ६ वर्षपछि नै बन्द भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


अहिले पाकिस्तानस्थित नेपाली दूतावासले इरान र कुवेतस्थित दूतावासले इराक हेर्छन् । जसका कारण इरान र इराकमा कति नेपाली छन् भने तथ्यांक सरकारसँगै छन् । भने सरकारले यी दुवै देश जाने कामदारका हकमा श्रम स्वीकृति बन्द गरेको छ ।
सरकारले रोजगारीका लागि जान प्रतिबन्ध लगाएको इरानमा झण्डै १५ हजार नेपाली रहेको अनुमान छ । तर इरानमा करिब ३२ जना नेपाली रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।


इरानमा यूएई र कुवेत गएका नेपाली रोजगारीका लागि जाने गरेका छन् । जसका कारण इरानमा करिब १५ हजार नेपाली कार्यरत रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ । इरान रोजगारीमा जान सरकारले रोक लगाएपनि खाडीका अन्य देशहुँदै जाने गरेका छन् । जसका कारण इरानमा कति कामदार छन् भन्ने तथ्यांक नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह–प्रवक्ता हुमनाथ पराजुलीले जानकारी दिए ।
वैदेशिक रोजगार ऐन, २०६४ अनुसार ५ हजारभन्दा बढी कामदार पुगेका देशमा अनिवार्य श्रम सहचारी राख्ने व्यवस्था छ । धेरै मुलुकमा श्रम सहचारी विनाका दूतावास छन् ।
खाडी मुलुकमा झण्डै २० लाख नेपाली कार्यरत छन् । दूतावासका श्रम सहचारी र कन्सुलरले कामदारको गुनासो सुन्ने, विपत्मा सहजीकरण र रिपोर्टिङ लगायत काम गर्नुपर्छ । तर, विश्वभरका ३२ राजदूतावास, ६ महावाणिज्य दूतावास र ३ स्थायी नियोगमा ३० जना जति सहचारी र कन्सुलर मात्र छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले इजरायल र इरानबीच सुरु भएको तनावका कारण त्यहाँ कार्यरत नेपालीलाई आग्रह गरेको जानकारी दिए । इजरायलमा दूतावास र पाकिस्तानस्थित नेपाली दूतावासले इरानमा रहेका नेपालीको अवस्थाका बारेमा जानकारी दिइरहेको ढकालको भनाइ छ ।

सन् १९८१ मा इरानले ५२ अमेरिकीलाई बन्धक बनाएपछि उसको अमेरिकासँगको सम्बन्ध असहज बनेको थियो । त्यतिवेला सुरक्षा खतराका कारण नेपालले दूतावास बन्द गरेको थियो ।
खाडी क्षेत्रसँगै अधिकांश देशमा भएका नेपाली दूतावासमा स्रोतसाधन र जनशक्ति पर्याप्त नभएको पूर्व परराष्ट्र सचिव मदन भट्टराई बताउँछन् । जनशक्तिले कामदारको भिसा नवीकरण गर्नेबाहेक सुरक्षासँग जोडिएका काम गर्न नसक्ने अवस्था रहेको उनले आफनो अनुभाव सुनाए ।
२०२४ यता इरानमाथि इजरायलले आक्रमण गदै आएको छ । त्यसयता इरान र इजरायलबीच बेला–बेला युद्ध हुँदै आएको छ ।

सम्बन्धीत समाचारको भिडियोः