इजरायलबाट राजदूत पण्डित भन्छन्:‘दैनिक ४ पटकभन्दा बढी बङ्करमा दौडिएर पस्नुपर्छ’

इजरायलका नेपाली राजदूत डा. धनप्रसाद पण्डितले इजरायल र इरानबिचको युद्धले अवस्था गम्भीर हुँदै गएको बताएका छन् । हालसम्म नेपाली हाताहात नभएको उनले जानकारी दिए ।
आज राती ४ बजेसम्म बङ्कर जाँदै, माथि आउँदै, बङ्कर जाँदै, माथि आउँदै जस्तो गर्नुपरेको उनले जानकारी दिए । एउटा महत्वपुर्ण काममा नेपाली दूतावास जाँदै गरेका राजदूत पण्डितले दैनिक ४ पटकभन्दा कुदेर बंकरमा जानु परेको बताए । ‘स्थिति जटिलै बन्दै गएको छ । अहिलेसम्म कुनै नेपालीलाई समस्या परेको सूचना आएको छैन । सबै सुरक्षित भएको जानकारी पाएको छु ।’
कतिपय काम गर्ने ठाउँमा राम्रो बङ्कर छैन, के गर्ने भनेर मलाई फोन आएको उनको भनाइ छ । सुरक्षाको लागि बंकरमा जाने गरेका छौ । सबैभन्दा सुरक्षित जै बंकर भएको राजदस्त पण्डितले जानकारी दिए । युद्ध कति समय चल्छ थाहा छैन । अहिले त्यसैको मात्र अन्योल, डर र त्रास भएको उनी बताउँछन् ।
इजरायलमा ५ देखि ७ हजार नेपाली कार्यरत छन् । सबै सुरक्षीत रहेको दूतावासले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरायलको कृषि र कियरगिभर क्षेत्रमा ५ हजार ५ सय नेपाली श्रमिक कार्यरत छन् ।
इजरायलमा अहिले युद्धको अवस्था रहेको र बजार, स्कुल तथा यातायात सबै बन्द रहेकाले कुनै आपतकालीन अवस्था आइपरे सम्पर्क गर्न नेपालीहरूलाई भनिएको छ । पछिल्लो घटनाक्रमका बारेमा दूतावास परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क भइरहेको दूतावासले जनाएको छ ।
इरानले हाइफा र तेलअभिभ लगायतमा क्षेत्रमा गरेको क्षेप्यास्त्र प्रहारबाट १३ जना इजरायली नागरिकको मृत्यु भइसकेको छ । जसका कारण यस क्षेत्रमा अहिले तनाव त्रास उतिकै छ ।