Close

Recent Posts

मोवहिरा इन्टरटेन्मेन्टले ल्यायो नयाँ गीत ‘गाउँकी गोरी’ सार्वजनिक

मोवहिरा इन्टरटेन्मेन्टले ल्यायो नयाँ गीत ‘गाउँकी गोरी’ सार्वजनिक
  • ४ असार २०८२, बुधबार १०:३४

काठमाडौं– गायक विश्व दोङ तथा गायिका अस्मिता अधिकारीको सुमधुर स्वरको ‘गाउँकी गोरी’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सोनम पाख्रिनको निर्देशनमा गीतको भिडियोमा विजय भ्लोन र करुणा श्रेष्ठको जीवन्त अभिनय देख्न सकिन्छ। भ्लोनको यो पहिलो म्युजिक भिडियो हो ।

mulpatra

मोवहिरा इन्टरटेन्मेन्टबाट प्रस्तुत गरिएको यस गीतको शब्द र सङ्गीत आशिश सुनुवारले गरेका छन् । शोर थापाले मिक्सिङ र मास्टरिङको काम गरे भने पवन वाङ लामाले सङ्गीत संयोजन गरेका छन्, जसले गीतलाई थप कर्णप्रिय बनाएको छ ।

‘गाउँकी गोरी’ ले नेपाली सङ्गीत उद्योगमा आफ्नो छुट्टै छाप छोड्ने दाबी गर्ने मोवहिरा इन्टरटेन्मेन्टले आगामी दिनमा चलचित्रहरु पनि निर्माण गर्ने लक्ष्य लिएको छ । गीतले ग्रामीण परिवेशको सुन्दरता र प्रेमलाई प्रस्तुत गरेको छ, जसले सबै उमेर समूहका दर्शकलाई आकर्षित गर्नेछ ।

रमणीय स्थानमा खिचिएको भिडियोलाई उत्सव दाहालले छायाङ्कन गरेका छन् भने विकास दाहालले सम्पादन गरेका छन्। यस गीतले छोटो समयमै दर्शकमाझ निकै चर्चा बटुल्न सफल भएको छ ।