Close

Recent Posts

इजरायल–इरान युद्धले रोजगारीसहित अर्थतन्त्रमा प्रभाव, महँगीपनि बढ्ने संकेत

इजरायल–इरान युद्धले रोजगारीसहित अर्थतन्त्रमा प्रभाव, महँगीपनि बढ्ने संकेत
  • ६ असार २०८२, शुक्रबार ०७:२६

काठमाडौं– इजरायल–इराक युद्ध नरोकिएको अवस्थामा विश्वकै अर्थतन्त्रमा असहज अवस्था उत्पन्न हुने विश्लेषण गर्न थालिएको छ ।

mulpatra

इजरायल–इराक युद्ध कारण नेपालजस्तो विकासोन्मुख, आयातमा निर्भर र रेमिटेन्समा आधारित अर्थतन्त्र भएका साना देशमा ठुलै प्रभाव पर्ने अनुमान गर्न थालिएको छ ।

युद्ध आर्थिक संकटको अर्को चरण हुनसक्छ भन्ने संकेत देखिन थालेको छ । एकतिर रोजगारी कटौती, महुँगी र आयातमा प्रभावित हुनु प्रष्ट देखिन्छ । नेपालीहरुको रेमिट्यान्स र रोजगारगन्तव्य देश खाडी अथवा मध्येपुर्वकै देशसहित इजरायलसँगै इरान पनि हो ।

हाल नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को करिब २५ प्रतिशत हिस्सा ओगटिरहेको रेमिट्यान्स खल्बलिँदा समग्र वित्तीय प्रणालीमा दबाब सिर्जना हुन सक्छ ।

हाल खाडीका देशमा मात्र २१ लख जति नेपाली कार्यरत रहेको अनुमानित तथ्यांक छ । खाडी मुलुकमा कार्यरत नेपालीहरुको सूरक्षा चुनौति बढ्नुका साथै खाडी राष्ट्रहरूमा रहेका लाखौँ नेपाली श्रमिक युद्धको असरबाट प्रत्यक्ष प्रभावित हुने सम्भावना उच्च छ ।

खासगरी इराक र आसपासका क्षेत्रमा कार्यरत नेपालीहरूको सुरक्षामा चुनौती बढेको छ भने, युद्धको कारण रोजगारीका अवसरहरु समेत कटौति हुन रोजगारविज्ञ गणेश गुरुङ बताउँछन् ।

नेपाली कामदारको रोजगारगन्तव्य भनेको खाडी र मध्येपुर्वकै देश हो । इजरायल–इराक युद्ध कारण नेपालजस्तो देशको अर्थतन्त्रमा राम्रै प्रभाव पर्ने उनले बताए । ‘नेपाल कामदार आपूर्ति गर्ने देश हो । कामदारसँग अर्थतन्त्र जोडिएको हुन्छ । त्यही भएर रोजगारीदेखि अर्थतन्त्रमाथि प्रभाव पर्छ ।’ उनले भने ।

उनका अनुसार अर्थतन्त्रभन्दा अर्को जटिल समस्या भएको मध्येपुर्वमा युद्ध भडकिए नेपाललाई आफना नागरिक फकाउन समस्या हुने देखिन्छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको छ । यसका लागि इरान–इजरायल युद्धले पनि प्रभाव पार्ने अर्थविज्ञहरुको बताउन थालेका छन् ।

नेपालको अर्थतन्त्र अत्यधिक आयातमा निर्भर छ । निर्माण सामग्री, औषधि, पेट्रोलियम, मेसिनरी सामान लगायतका सामग्रीहरू तेस्रो मुलुकबाट आयात हुन्छन्, जुन खाडी क्षेत्र र युरोप हुँदै नेपाल भित्रिन्छ ।

यसबाट नेपालको व्यापार घाटा अझ चुलिने र आर्थिक असन्तुलन गहिरिने प्रेक्षेपण गरिएको छ । युद्धका कारण ढुवानीमा ढिलाइ हुने, आपूर्ति अवरुद्ध हुने र मूल्यवृद्धि हुने अवस्था सिर्जना हुँदा उद्योग व्यवसाय र निर्माण क्षेत्रमा समेत असर पर्नेछ ।


विद्यमान राजनीतिक अस्थिरताले तथा विभिन्न बाह्य कारणहरुले गर्दा अर्थतन्त्रमा सुधार हुन सकेको छैन । नेपाल अझै पनि आर्थिक हिसाबले निकै कमजोर छ । अर्थतन्त्रका केहि बाह्य सूचकहरु सकारात्मक देखिए पनि हाम्रो अर्थतन्त्र सार्वजनिक ऋणले थलिएको छ, व्यापारघाटा उत्कर्षमा छ।


अहिले नै दैनिक जीवनमा प्रयोग गर्ने वस्तुमा समेत परनिर्भरता बढेको छ भने महँगीले आकास छोएको छ । यसमा युद्धका कारण महँगी थपिने अर्थविज्ञ केवश आचार्य बताउँछ ।


उनका अनुसार अर्थतन्त्रको गति शुस्त बनिरहेका बेला विश्वसामु अर्को ठूलो संकटको युद्ध थपिएको छ । यसका कारण नेपालको अर्थतन्त्रमा ठुलै प्रभाव पर्ने उनले बताए । ‘अन्तर्राष्ट्रिय बजारमा आधारित हुने भएकोले नेपाल सरकारले त्यसमा प्रत्यक्ष नियन्त्रण गर्न सकने अवस्था हुँदैन् । मूल्य नियन्त्रण पनि पेट्रोलियम पदार्थको खपत घटाएर, विकल्प उपाय अपनाएर समस्या न्यूनीकरणको बाटो खोज्नुपर्छ । योभन्दा अर्को उपाय के हुन्छ ।’ उनले भने
अर्कोतिर भ्रष्टाचार तथा बेरुजु दिनप्रतिदिन मौलाउँदो छ । यसका कारण अहिलेको अर्थतन्त्र नाजुक अवस्थामा पुगेको छ ।