Close

तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना सचेत रहन आग्रह

तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना सचेत रहन आग्रह
  • ८ असार २०८२, आईतवार ०७:३२

काठमाडौं । आज आइतबार देशका केही स्थानमा भारी बर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आइतबार देशभर आंशिकदेखि साधारणतया बदली रहने र पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
कोसी प्रदेशका पहाडी भूभागमा दिउँसो र वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । “वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागको धेरै स्थानहरूमा तथा बाँकी भूभागको केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आज जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

mulpatra

त्यसैगरि देशका उच्च पहाडी तथा हिमाली भूभागका हिमपातको सम्भावना समेत रहेको जनाएको छ ।

महाशाखाले आज देखि रात भरी ने देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । कोसी, मधेस र वाग्मती प्रदेशका थोरै स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

“कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशमा दिउँसो देखि राति सम्मै भारी बर्षाको सम्भावना रहेको सचेत रहन समेत महाशाखाले उल्लेख गरेको छ ।