Close

बाढी र वर्षाले पूर्व–पश्चिम नारायणगढ–बुटवल र गोरखा सडक पूर्ण अवरुद्ध

बाढी र वर्षाले पूर्व–पश्चिम नारायणगढ–बुटवल र गोरखा सडक पूर्ण अवरुद्ध
  • ९ असार २०८२, सोमबार १०:३१

काठमाडौं । लगातारको वर्षापछि आएको बाढीका कारण नारायणगढ–बुटवल सडकखण्ड र गोरखाको मुख्य सडकहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका वैकल्पिक मार्गहरू समेत बाढीले बगाउँदा ठूलो संख्यामा सवारीसाधन बाटोमै रोकिएका छन् ।

mulpatra

आज राति परेको अविरल बर्षाका कारणविनयी खोलाको डाइभर्सन बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड यातायात पूर्ण रूपमा रोकिएको हो। सो क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सर्दिबाट उद्धार तथा सुरक्षाका लागि टोली परिचालन गरिएको छ।

यसबाहेक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दुम्कीवास क्षेत्रमा रहेको वैकल्पिक मार्ग पनि अवरुद्ध भएको छ। दुम्कीवासमा पुल भत्किएपछि डाइभर्सन मार्फत सवारी सन्चालन हुँदै आएको थियो तर आज बिहानको बाडीले उक्त डाइभर्सन पनि बगाएपछि यात्रा अवरुद्ध भएको छ । विनयी त्रिवेणी–३ स्थित खरङ्गे खोलामा पानीको बहाव अत्यधिक बढेपछि त्यहाँको वैकल्पिक मार्गसमेत प्रयोग गर्न नसकिने अवस्था छ।

यसैबीच, गोरखा जिल्लाको गोरखा नगरपालिका–८ ढुङ्गागाडे क्षेत्रमा पर्ने आरुघाट–बुङ्कोट लोकमार्ग पनि अवरुद्ध भएको छ। लगातारको वर्षाले सडक भासिनुका साथै ह्युम पाइप बगाएको सशस्त्र प्रहरीले जनाएको छ।

यसरी पूर्व–पश्चिम यातायात र गोरखा क्षेत्रका सडकहरू अवरुद्ध हुँदा सर्वसाधारणको आवागमनमा ठुलो असहजता उत्पन्न भएको छ। स्थानीय प्रशासनले नागरिकलाई यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेको छ।