Close

Recent Posts

गायिका सलिना विकको प्रतिक्षामै सार्वजनिक

गायिका सलिना विकको प्रतिक्षामै सार्वजनिक
  • १२ असार २०८२, बिहीबार १७:०४

काठमाडौं – चर्चित गीत ‘चाईने जो जिन्दगानीमा’ पछि गायिका सलिना विकको स्वरमा नयाँ गीत ‘प्रतीक्षामै’ को भिडियो सहित सार्वजनिक भएको छ ।

mulpatra

गर्भ तुहिनु महिलाको आफ्नो दोष नभई उमेर, थाइराइड, पिसिओएस र वंशाणुगत जस्ता कारणहरूले असर पार्न सक्छन् र यसको उपचार र उपाय सम्भव छ भन्ने सन्देश यस भिडियो मार्फत दिइएको छ। स्वास्थ्यकर्मी सीमा ज्ञवालीको शब्द तथा राजेश कुमार श्रेष्ठको संगीतमा रहेको ‘प्रतीक्षामै’ बोलको गीतलाई जिरो आवर डिजिटल च्यानल मार्फत सार्बजनिक गरिएको हो।

महिलाहरुको भावनात्मक संवेदनशीलतालाई यस म्यूजिक भिडियोमा चर्चित कलाकारद्वय सुधिर श्रेष्ठ र बिना राउतको जीवन्त अभिनय देख्न सकिन्छ । भिडियोमा सुरेश पाण्डेको निर्देशन तथा कलात्मक कोरियोग्राफी देख्न सकिन्छ । भिडियोलाई देब दोर्जे लामाले खिचेका हुन भने अनन्त घिमीरेले सम्पादन गरेका हुन ।