Close

Recent Posts

पूर्व राष्ट्रपति भण्डारी एमालेमा पुनः सक्रिय भएको घोषणा

पूर्व राष्ट्रपति भण्डारी एमालेमा पुनः सक्रिय भएको घोषणा
  • १४ असार २०८२, शनिबार १७:४६

काठमाडौं । जननेता मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित विचार–गोष्ठी तथा मदन भण्डारी राष्ट्रिय पुरस्कार वितरण समारोहमा बोल्दै पूर्व राष्ट्रपति विद्या देवी भण्डारीले नेकपा (एमाले) प्रति आफ्नो सदस्यता नवीकरण गरिसकेकी घोषणा गरेकी छन्।

mulpatra

“फरक ढंगको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु। अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्छु,” उनले भनिन्।

भण्डारीले कुनै ‘विशेष महत्वाकांक्षा’ नभएको र “देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो” भन्दै आगामी दिनमा पनि पार्टी भित्रैबाट राष्ट्रसेवामा सक्रिय रहने प्रतिवद्धता दोहोर्याइन्।

mulpatra mulpatra mulpatra

भण्डारीले मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) लाई “नेपाली माटोमा मौलिक राजनीतिक विचार” भन्दै त्यसलाई अझ ‘युगानुकूल कार्यान्वयन’ गर्ने आह्वान गरिन्।

राष्ट्रपतिको भुमिका निर्वाह गरेपछि दुई वर्ष “राजनीतिक जिम्मेवारीबाट बाहिर” बसेको स्मरण गराउँदै उनको आजको घोषणाले एमाले भित्रको उनको औपचारिक पुनरागमनलाई संस्थागत गरेको छ।

सम्बोधनको क्रममा “जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने जिम्मेवारी अझै पूरा भएको छैन।” भन्ने भनाईले जनताको अपेक्षा पुरा नभएको र सो पुरा गर्नुपर्ने दायित्व बहन गर्नुपर्ने अवस्था आएको समेत संकेत गरेकि छिन । पूर्व राष्ट्रपति भण्डारीको आजको घोषणाले एमाले भित्र उनेको पुनरागमन मात्र होइन दलको आगामी रणनीतिमा वैचारिक नेतृत्व मात्र होइन महिला नेतृत्वको प्रतिनिधित्व दुवैको सुदृढ हुनुपर्छ भन्ने सन्देश पनि हो । जसले मदन भण्डारीको वैचारिक विरासतको संरक्षणमा आफ्नो एमालेको राजनीतिक यात्रा अघि बढाउने स्पष्ट संकेत दिएकी छन्।

Image Source: © https://mulpatra.com

पुर्ण पाठः