प्रमिला र सत्यराजको गीत ‘न जिउन सके न मर्नै सके सार्वजनिक
काठमाडौँ – गायक सत्यराज आचार्यको स्वर रहेको गीत ‘न जिउन सके न मर्नै सके’ सार्वजनिक भएको छ । गीतकार प्रतिमा गुरुङको शब्द रहेको गीतमा गायक तथा सङ्गीतकार चिरञ्जीवी भण्डारीले सङ्गीत दिएका छन् । गीतमा सङ्गीत संयोजन सञ्जीव बराइलीको छ ।

गीतको भिडियोमा स्मारिका ढकाल, सुरेश कोहली, चिरञ्जीवी भण्डारी लगायतको अभिनय देख्न सकिन्छ । भिडियोमा कन्सेप्ट, कथा गीतकार गुरुङले नै तयार गरेकी हुन् ।
चोखो माया गरेको व्यक्तिले मायामा विश्वासघात पाएपछि गर्ने नकारात्मक क्रियाकलाप भिडियोमा देखाउन खोजिएको हो । भिडियोमा उत्सव दाहालको छायाङ्कन र विष्णु खड्काले सम्पादन गरेका हुन् ।
