Close

Recent Posts

नेपाली मुद्रा चीनमा थुप्रिँदै

नेपाली मुद्रा चीनमा थुप्रिँदै
  • १९ असार २०८२, बिहीबार १३:४५

काठमाडौं– चीनको सीमावर्ती क्षेत्रमा नेपाली मुद्रा थुप्रिन थालेको पाइएको छ । सामान्यतया नेपाल बाहिर नेपाली मुद्रा मान्य हुँदैन, तर भारत र चीनका सीमा क्षेत्रमा सीमापार व्यापार, पर्यटन र किनमेलका क्रममा राष्ट्र बैंकको तोकिएको सीमाभन्दा धेरै रुपैयाँ ओसारपसार हुँदै आएको पाइन्छ ।

mulpatra

यही कारण, हाल चीनतर्फ ठूलो परिमाणमा नेपाली पैसा अड्किएको अवस्था देखिएको छ । चिनियाँ दूतावासनै नेपाली मुद्रा चीनमा थुप्रिन थालेको र सटहीका लागि सहजीकरण गरिँदन नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ ।

किन थुप्रिँदै छ नेपाली पैसा ?

सीमा क्षेत्रका व्यापारीहरू नेपाली पर्यटक वा ग्राहकबाट सिँधै नेपाली रुपैयाँ स्वीकार गर्न थाल्दा यस्तो मुद्रा चीनभित्र विनिमय नभई थुप्रिने समस्या देखिएको हो । हाल कति रुपैयाँ थुप्रिएको भन्ने यकिन तथ्यांक नभए पनि रकम करोडौंमा पुग्ने अनुमान गरिएको छ ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती रमण नेपालले सहटीका लागि दूतावासको आग्रह आएको र चिनियाँ केन्द्रीय बैंकमार्फत पत्राचार गर्न भनिएको बताएका छन् । नेपालमा ‘नगद नेपाली वा विदेशी मुद्रा ओसारप्रसारमा प्रतिबन्ध’ व्यवस्था अनुसार एक व्यक्तिले विदेश जाँदा अधिकतम पाँच हजार रुपैयाँ मात्र लैजान सक्ने कानुनी व्यवस्था छ । तर सीमा क्षेत्रमा यसको व्यवहारिक कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको छ ।