आदिकवि भानुभक्तको २१२औँ जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाइदै
काठमाडौँ । नेपाली साहित्यका मुर्धन्य, आदिकवि भानुभक्त आचार्यको २१२ औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरि बनाइदैछ ।

संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा अनुवाद गरि सर्वसाधारण नेपाली भाषी विच पुर्याएको कारण उनलाई आधुनिक नेपाली साहित्यको जग हाल्ने व्यक्तित्वका रुपमा लिइने गरेको छ ।
तनहुँ जिल्लाको चुँदीरम्घा गाउँमा वि.सं. १८७१ साल असार २९ गते जन्मिएका भानुभक्तलाई एक घाँसीबाट प्राप्त शिक्षाका कारण केही गर्नुपर्छ भन्ने हुटहुटीले रायामाणलाई नेपालीमा अनुवाद गर्ने प्रेरणा मिलेको थियो ।
![]() |
![]() |
![]() |
|---|
भानुभक्तका ‘रामायण’ बाहेक ‘भक्तमाला’, ‘प्रश्नोत्तर’, ‘वधुशिक्षा’ र ‘रामगीता’जस्ता कृतिहरू नेपाली साहित्यका महत्वपूर्ण कृतिहरु हुन्। उनले नेपाली भाषा, साहित्य र संस्कृतिको माध्यमबाट राष्ट्रिय चेतना र भावनात्मक एकता निर्माणमा पुर्याएको योगदान अतुलनीय मानिन्छ।
नेपालसहित भारतको सिक्किम, दार्जिलिङ, भुटान, म्यानमारजस्ता नेपाली भाषी समुदायमा पनि भानु जयन्ती विविध कार्यक्रमसहित मनाइने गरको छ।



