विदेशी जाने युवालाई विना धितो ऋण, पुरुषलाई ३ लाख र महिलालाई ५ लाखसम्म कर्जा

विदेशी जाने युवालाई विना धितो ऋण, पुरुषलाई ३ लाख र महिलालाई ५ लाखसम्म कर्जा
  • २९ असार २०८२, आईतवार १०:४५

काठमाडौं– वैदेशिक रोजगारीमा जान चाहने नेपाली युवाहरूका लागि सरकारले विना धितो ऋण उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिमार्फत यो व्यवस्था गरिएको हो ।

mulpatra

यस अनुसार, वैदेशिक रोजगारीका लागि विदेश जान चाहने पुरुषले ३ लाख रुपैयाँसम्म र महिलाले ५ लाख रुपैयाँसम्म ऋण पाउने छन् । यो कर्जा धितोबिना प्रवाह गरिने भएकाले आर्थिक अवस्था कमजोर भएका युवाहरूलाई ठूलो राहत पुग्ने सरकारको विश्वास छ ।

‘विपन्न वर्ग कर्जा’मा गणना हुने

mulpatra mulpatra mulpatra

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह गरिने यस कर्जालाई ‘विपन्न वर्ग कर्जा’ अन्तर्गत गणना गर्न सकिने राष्ट्र बैंकले स्पष्ट पारेको छ । खासगरी, महिलाका लागि ऋण सीमा बढी तोकिएकोले उनीहरूलाई वैदेशिक रोजगारीमा जान अझ प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

चर्को ब्याजको साहु कर्जाबाट मुक्ति

विगतमा धेरै युवाहरू विदेश जानका लागि टिकट, भिसा र अन्य तयारी खर्च जुटाउन चर्को ब्याजमा साहुबाट ऋण लिन बाध्य हुने गरेका थिए । अब भने औपचारिक बैंकिङ प्रणालीमार्फत सस्तो र पहुँचयोग्य कर्जा उपलब्ध हुने श्रम मन्त्रालयको भनाइ छ ।

Image Source: © https://mulpatra.com

कार्यविधि निर्माण प्रक्रियामा

श्रममन्त्री शरतसिंह भण्डारीका अनुसार मन्त्रालयले विना धितो ऋण वितरणका लागि आवश्यक कार्यविधि निर्माण प्रक्रिया अघि बढाइसकेको छ । मन्त्री भण्डारीले भने, ‘श्रमिकहरू चर्को ब्याजदरमा ऋण लिँदै आएका थिए। अब उनीहरूलाई बैंकमार्फत सहज ऋण दिने व्यवस्था गरिएको हो ।’

विदेशमा काम गरेर ऋण तिर्नुपर्ने

सरकारको योजना अनुसार, यसरी ऋण लिएर विदेश जानेलाई उक्त ऋण विदेशमा कमाइ गर्दै फिर्ता गर्ने व्यवस्था गरिनेछ । कर्जाको कार्यान्वयनमा पारदर्शिता र निगरानी कायम गर्नेसम्बन्धी व्यवस्थाहरू पनि कार्यविधिमा समावेश गरिने बताइएको छ ।