Close

Recent Posts

रिभेरा इन्टरनेशनल एकेडेमीमा अन्तर–विद्यालय रामायण वाचन प्रतियोगिता सम्पन्न

रिभेरा इन्टरनेशनल एकेडेमीमा अन्तर–विद्यालय रामायण वाचन प्रतियोगिता सम्पन्न
  • २ श्रावण २०८२, बिहीबार ००:१५

काठमाडौं । २१२ औं भानु जयन्तिको अवसरमा चावहिलको रिभेरा इन्टरनेशनल एकेडेमीमा अन्तर–विद्यालय रामायण वाचन प्रतियोगिता सम्पन्न भएको छ । भानु प्रतिष्ठान र रिभेरा इन्टरनेशनल एकेडेमीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

mulpatra

उपत्यकाका २५ विद्यालयका विद्यार्थी सहभागी उक्त कार्यक्रममा नेपाली साहित्यका मुर्धन्य श्रष्टाहरु सहभागी रहेका थिए । स्वस्ति वाचन गर्दै पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रमको प्रमुख आतिथ्य नेपाल सरकारका पुर्व सचिव, नेपाली गीत, संगीत र साहित्यका अग्रज दिनेश अधिकारीले गरेका थिए ।

रामायण वाचन प्रतियोगिता कार्यक्रमको अध्यक्षता साहित्यकार तथा भानु प्रतिष्ठानका वरिष्ठ सदस्य डि.पी. अर्यालले गरेका थिए । त्यसैगरि उक्त कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्साल, महासचिव रमेश शुभेच्छुक, नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. प्रियम्वदा आचार्य, साहित्यकार बलराम दाहाल, माफका उपाध्यक्ष रविन दाहाल, भानु प्रतिष्ठानका सदस्य तथा रिभेरा इन्टरनेशनलका प्रिन्सीपल प्रज्वल कोइराला, रिभेरा इन्टरनेशनलका सन्चालक समिति अध्यक्ष नरेन्द्र भट्टराई, विद्यालय व्यवस्थापन समिति सदस्य प्रकाशकुमार ढुंगेल लगायतको आतिथ्य रहेको थियो ।

भानुभक्तिय रामाणयको शार्दुल विक्रिडित छन्द, शिखरिणी छन्द र उपजाति छन्दमा सहभागी विद्यार्थीहरुले कविता वाचन गरेका थिए । प्रतियोगितामा भ्याली भ्यु पब्लिक स्कुलकी सिरिना शर्माले प्रथम स्थान हासिल गरेकी थिइन । त्यसैगरि नेपाल मेगा स्कुलकी आयुणा लम्साल दोश्रो, वेविलोन नेशनल स्कुलकी शुरभी पौडेल तेश्रो र जगत मन्दिर स्कुलकी विद्या कोइराला र लाइसियम मोडेल स्कुलकी जस्मिन जोशीले सान्त्वना पुरस्कार जितेका थिए । प्रतियोगितामा विजेताहरुलाई मेडल, सम्मान पत्र सहित नगदले पुरस्कृत गरिएको थियो ।

कार्यक्रमा सम्वोधन गर्दै आयोजक भानु प्रतिष्ठानका सदस्य तथा रिभेरा इन्टरनेशनल एकेडिमीका प्रज्वल कोइरालाले भानुभक्त आचार्यको तलका श्लोक गाएर नेपाली भाषा साहित्यमा उनको योगदानको चर्चा गरेका थिए ।
ताहाँ सितारामका चरणकमलमा शिर पनि धरि
अध्योध्यै लैजान्छु भनी कन ठुलो मनशुभ गरि
भरत विन्ती गर्छन किन रघुपते आज वनमा
हजुरले आयाको मकन अति ताप हुन्छ मनमा

ख्वामीत हजुरको मत दास पो हुँ
यो राज्य गर्न कन योग्य को हुँ

कोइरालाले विगत १५ बर्ष देखि निरन्तर भानु प्रतिष्ठानसँग जोडिएको, सहकार्य गरिरहेको र निरन्तर लागिरहने प्रतिवद्धता समेत व्यक्त गर्दै विद्यार्थीहरुको उच्च क्षमताको कदर समेत गरेका थिए ।

प्रमुख अतिथि दिनेश अधिकारीले भानुभक्त आचार्य राष्ट्रीय विभुती पनि हुन भन्दै हरेक नेपाली, विद्यार्थी भानुभक्त हुने भन्दै भानुभक्तको योगदानको चर्चा गरे । नेपाली भाषा नेपाली कामकाजको भाषा हो, भाषा हाम्रो परिचय हो, संस्कृतिको सम्वाहक हो र नेपाली भाषा सबै मातृभाषालाई जोड्ने पुल हो भन्दै उनले भने ‘भाषिक दृष्टिले नेपाललाई एकिकरण गर्ने महत्वपूर्ण भुमिकामा आदिकवि भानुभक्त छन भन्दै तत्कालिन समयमा रामायण लगायत अन्य कृतिहरु नेपाली भाषामा लेखेर भाषिक एकिकरण गर्ने सार्थक प्रयासले नै नेपाली भाषाले सफलता प्राप्त गर्न सफल भएकैले हामी भानु जयन्ति मनाउन उनमा श्रद्धा अर्पण गरिरहका छौं । जति नेपाली भाषालाई सम्मान गछौ, प्रयोग गर्छौ त्यति भानुभक्तको सम्मान गछौं ।’

भानु प्रतिष्ठानका महासचिव रमेश शुभेच्छुकले स्वागत मन्तव्य राखेका थिए । उनले रामायणमा तल उल्लेखित श्लोकबाट भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदानको चर्चा गरेका छन् ।
रामले बनै गइ उनी भेष धर्न
यही भरतले बसी राज्य गर्नु
भन्या पिताका जवसुन्य पाया
आज्ञा उसैले वन जान आया

भानुभक्तलाई सम्झनुको अर्थ नयाँ पुस्तामा सांस्कृतिक चेतना ल्याउनु हो । मेसिनमा जसरी नयाँलाई सिनियर, आधुनिक मानिन्छ, कलामा चेतनामा, ज्ञानमा पनि नयाँ पुस्तालाई मान्यता दिनुपर्ने धारणा राखेका थिए । युवा, विद्यार्थीमा, सामाजिक क्षेत्रमा, चेतनामा नयाँ पन हुनु जरुरी रहेको बताउँदै भानुभक्तले जतिखेर नेपालीमा कविता लेख्न सुरु गरे त्यतिखेर उनलाई खिसीट्युरी गर्ने, उडाउने, नेपालीमा कविता हुँदैन भन्नेहरुको बाहुल्य रहँदा रहँदै पनि आज उनै भानुभक्तले शुरुगरेको नेपाली साहित्य सर्वश्रेष्ठ रहन गएको बताएका थिए ।

साहित्य चरित्र निर्माण गर्ने विषय हो, संस्कार निर्माण, संस्कृति निर्माण गर्ने विषय हो त्यसमा गुरुबा गुरुआमाको महत्वपूर्ण भुमिका रहने हुनाले यस्ता खाले प्रतियोगितामा भाग लिने, प्रतिस्पर्धाका लागि तयारी गर्ने जस्ता कुरा समेत सिकाइको चरण हो भन्दै सबै सहभागीलाई धन्यवाद ज्ञापन गरे ।

भानु प्रतिष्ठानका अध्यक्ष डा. नवराज लम्सालले सहभागी विद्यार्थीहरुलाई समयको महत्व दर्शाउँदै आमा बुबाको सम्मान गर्नु, समाज, कला, साहित्यकोे सम्मानमा लाग्नु हो जसले समाजमा संस्कृति, संस्कार निर्माण गर्न प्रेरित गर्छ भनी प्रेरणाका कुराहरु राखेका थिए । भानु प्रतिष्ठान साहित्य सेवीहरुको योगदानले यहाँ सम्म आइपुगेको र विगतमा समेत भानुभक्त र नेपाली साहित्यको प्रगतिकोलागि निरन्तर लागिरहने कुरा समेत बताएका थिए ।

कार्यक्रमका अध्यक्ष डि.पी अर्यालले भानुभक्तिय रचना पाठ गर्दा, गद्य कविताले लयको चेतना दिने हुनाले असल छन्द वाचक, गायक समेत हुन सक्ने हुनाले रामायण रचना गर्नु स्वयं विजयी हासिल गर्नु हो भन्दै विद्यार्थीले गरेको वाचनको प्रशंसा गरेका थिए । भानुभक्त जेलमा पर्दा खेरी लेखेका कुरा र उनले तत्कालिन राणा शासन विरुद्ध कविता मार्फत व्यङ्य गरेको विद्रोह समेतको चर्चा गर्दै कविता बाचन गरेका थिए ।
विन्ती डिट्ठा विचारीहरुसित
कति गरूँ, चुप रहन्छन् नबोली
बोल्छन् त ख्याल गर्या झैँ गर्छन्
अझ पछि दिनदिन भन्दछन् भोली॥

कार्यक्रमको निर्णायकका रुपमा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक प्रियम्वदा आचार्य, साहित्यकार बलराम दाहाल रहेका थिए । कार्यक्रमको सन्चालन राम निरौलाले गरेका थिए ।