Close

Recent Posts

एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाउँदा भण्डारीका पक्षमा खुलेका पोखरेलको कहाँ व्यवस्थापन होलान् ?

एमालेले वरिष्ठ उपाध्यक्ष पद हटाउँदा भण्डारीका पक्षमा खुलेका पोखरेलको कहाँ व्यवस्थापन होलान् ?
  • २ श्रावण २०८२, बिहीबार १०:२०

काठमाडौं– आगामी भदौमा हुने विधान महाधिवेशनको तयारीका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बिहीबार दिउँसो बस्दैछ ।

mulpatra

पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा खुलेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलेको वरिष्ठ उपाध्यक्ष पद नै खारेज हुने भएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने निर्णय गर्न लागेको एमालेभित्र चर्चा छ ।

आज बस्ने एमालेको केन्द्रीय सचिवालयको बैठकले पार्टीमा वरिष्ठ उपाध्यक्ष पद नै नरहने गरि विधानमा संशोधनको निर्णय गर्न लागेको हो ।

आजको सचिवालय बैठकमा विधानमा हुने संशोधनका विषयमा छलफल हुने एजेण्डा छ । नयाँ संशोधित विधान आजको सचिवालय बैठकले पारित गर्ने तयारी छ । लएमालेले यस्तो निर्णय गरे आगामी महाधिवेशनबाट ईश्वर पोखरेल एमालेको राजनीतिबाट पाखा लाग्नुपर्ने अवस्था सिर्जना हुनेछ ।

विधान महाधिवेशनपछि लागू हुने भएकाले पोखरेल त्यसबेलासम्म वरिष्ठ उपाध्यक्ष पदमा रहनेछन्। तर महाधिवेशनमा उनी वा अरु कोही यो पदमा उठ्न सक्ने छैनन् । वरिष्ठ उपाध्यक्ष पद नै खारेज भएपछि पोखरेल कि त अध्यक्षमा उठ्नु पर्नेछ नत्र उनले पार्टीको यो उच्च तहको सक्रिय राजनीतिबाटै विदा लिनु पर्ने हुन सक्छ ।

एमालेले आगामी भदौ २०, २१ र २२ गते ललितपुरको गोदावरीमा दोस्रो विधान महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । एमालेमा पछिल्लो समय ७० वर्षे उमेर हद र अध्यक्षको २ वर्षे कार्यकालबारे विवाद चर्किँदै गएको छ ।