२०८१–८२ मा ८ लाख ३३ हजार नेपाली वैदेशिक रोजगारीमा गए, गत वर्षभन्दा १ लाख बढी

२०८१–८२ मा ८ लाख ३३ हजार नेपाली वैदेशिक रोजगारीमा गए, गत वर्षभन्दा १ लाख बढी
  • २ श्रावण २०८२, बिहीबार ११:५०

काठमाडौं– आर्थिक वर्ष २०८१–८२ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्या ८ लाख ३३ हजार गएका छन् ।

mulpatra

वैदेशिक रोजगार विभागका अनुसार यो संख्या अघिल्लो आर्थिक वर्ष २०८०÷८१ को तुलनामा करिब १ लाखले बढी हो । गत वर्ष ७ लाख ४१ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगार स्वीकृति लिएका थिए । यस वर्षको वृद्धि १३ प्रतिशतको हाराहारीमा रहेको विभागले जनाएको छ ।

गत वर्ष ७ लाख ३९ हजार ४९ पुरुष र ९३ हजारभन्दा महिला वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

mulpatra mulpatra mulpatra

गत वर्ष सबैभन्दा बढी साउदी अरब, युएई, मलेसिया, कुवेत, ओमान, बहराइन, दक्षिण कोरिया, जापान र युरोपका देश र कुवेत नेपालीहरु गएको विभागले जनाए छ ।

पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीमा जानेको संख्या स्थिर देखिए पनि यो वर्ष फेरि उल्लेखनीय वृद्धि देखिएको वैदेशिक रोजगार विभागका प्रवक्ता चन्द्र बहादुर शिवाकोटीले जानकारी दिए ।

साथै, नयाँ गन्तव्य देशहरूमा पनि रोजगारीको अवसर खुलेपछि थप नेपालीहरू विदेशिने क्रम बढेको उनले बताए । ‘आर्थिक संकट, रोजगारीको अभाव र तलबको आकर्षणले गर्दा वैदेशिक रोजगारीप्रति आकर्षण बढिरहेको श्रम विशेषज्ञहरूको विश्लेषण छ ।’ उनले भने ।

Image Source: © https://mulpatra.com

गत वर्ष मासिक औसत ६३ हजार ४४१ र दैनिक २ हजार ११४ युवाले श्रमस्वीकृति लिएको देखिन्छ । यस वर्ष दैनिक २ हजार २ सय भन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएको विभागको तथ्यांकमा छ ।

सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन श्रमिक अभिमुखीकरण, बीमा, सामाजिक सुरक्षासम्बन्धी कार्यक्रमलाई प्रभावकारी बनाउने दाबी गर्दै आएको छ । यद्यपि, श्रमिकहरू अझै पनि ठगी, असुरक्षा र नियमनको अभावको चपेटामा पर्ने गुनासो गर्दै आएका छन् ।

गत आर्थिक वर्षको साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३ र असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९५०, मंसिरमा ८१ हजार १०, पुषमा ६७ हजार २५७, माघमा ७१ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार, वैशाखमा ७८ हजार ५१, ६८ हजार ५८८ र असारमा ७० हजार युवाले श्रमस्वीकृति लिएको विभागले जनाएको छ ।