साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालसँग श्रीलंका पराजित, उपाधि सम्भावना बलियो

काठमाडौं– साफ यू–२० महिला च्याम्पियनसिपमा नेपालले चौथो जित निकालेको छ । बंगलादेशमा जारी प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा नेपालले श्रीलंकामाथि ७–० को सहज जित निकाल्यो । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा थप ३ गोल ग¥यो ।
यसअघि नेपालले पहिलो खेलमा भुटानलाई ६–१ गोलले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भएको थियो । तेस्रो खेलमा श्रीलंकामाथि ७–० को सहज जित निकालेको थियो । नेपालले अब भुटान र बंगलादेशसँग खेल्नेछ ।
पहिलो हाफमा ४–० ले अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल थप्यो। नेपालको जितमा कुसुम खतिवडा र समिक्षा मगरले समान २ गोल गरे । पूर्णिमा राना, सरिता कुमारी र बिर्सना चौधरीले समान एक गोल गरे ।
लिग चरणको पहिलो खेलमा नेपालले श्रीलंकामाथि ७–० को जित दर्ता गरेको थियो। च्याम्पियनसिपमा लगातार चौथो हार भोग्दै उपाधि दौडबाट बाहिरिसकेको श्रीलंकाले चार खेलमा २६ गोल खाँदा एक गोल मात्र फर्काएको छ ।
च्याम्पियनसिपमा नेपाली टोली घरेलु टोली बंगलादेशसँग ३–२ ले पराजित भएको थियो। भुटानलाई भने ६–१ ले पाखा लगाएको थियो । च्याम्पियनसिपमा नेपालले पर्सि शनिबार भुटानसँग खेल्नेछ। अन्तिम खेलमा बंगलादेशसँग खेल्ने तालिका छ ।