बढी कामदार पठाउने नीलकमल ह्युमन रिसोर्स, अन्य १० टप म्यानपावर: ९८ प्रतिशत व्यक्तिगत ठगि (भिडियोमा समिक्षा)

काठमाडौं– वैदेशिक रोजगार विभागले बिभिन्न म्यानपावर कम्पनीमार्फत अन्तिम श्रमस्वीकृति लिने कामदारको संख्याको आधारमा हरेक महिना र हरेक आर्थिक बर्ष रेकर्ड सार्वजनिक गर्ने गरेको छ । गत आर्थिक बर्ष २०८१÷८२ मा सर्वाधिक कामदार पठाउने २० म्यानपावरको सूचि सार्वजनिक भएको छ ।
पछिल्लो एकै बर्षमा ८ हजार ६७३ कामदार पठाएर काठमाडौँको सिनामंगल स्थित नीलकमल ह्युमन रिसोर्स प्रा.लि सर्वाधिक कामदार पठाउनेमा पहिलो बनेको छ । नीलकमलले पछिल्लो आर्थिक बर्षमा ८ हजार ७९ जना पुरुष कामदार र ५९२ जना महिला कामदार विभिन्न देशमा रोजगारको लागि पठाएको छ ।
त्यस्तै सर्वाधिक कामदार पठाउने दोश्रो नम्बरमा ललितपुर स्थित प्याराडाइज इन्टरनेसनल प्रालि रहेको छ । प्याराडाइज मार्फत गत आर्थिक बर्ष ८ हजार ६०८ जना कामदार वैदेशिक रोजगारमा पठाउन बिभागबाट अन्तिम श्रम स्वीकृति लिएको छ । कुल मध्ये यो म्यानपावरले एक हजार १३४ जना महिला कामदार पठाएको छ ।
त्यस्तै तेश्रो नम्बरमा काठमाडौँको धापासी स्थित एसओएस म्यानपावर सर्भिस प्रालिबाट पछिल्लो आर्थिक बर्षमा ७ हजार ८५४ जना कामदार वैदेशिक रोजगारीमा गएका छन् । यो म्यानपावरबाट गत आर्थिक बर्षको १२ महिनामा २९४ जना महिला कामदार वैदेशिक रोजगारमा जान अन्तिम श्रम स्वीकृति लिएका छन् ।
त्यस्तै चौथो नम्वरमा लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा.लिले ४ हजार ९८२ जना कामदारलाई वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम–स्वीकृति लिएको छ ।
त्यस्तै गल्फ म्यानपावर सर्भिस प्रा. लि धेरै कामदार पठाउनेको सूचीको पाँचौं स्थानमा रहेको छ । उक्त कम्पनीले ३ हजार ९५५ पुरुष कामदार मात्र वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति लिएको छ ।
त्यस्तै छैटौंबाट क्रमशः एयर किंग्स प्लेसमेन्ट प्रा. लि. ले ३ हजार ९५२ जना, साउन्डलाइन्स रिक्रुटमेन्ट प्रा. लि. ले ३ हजार ७५६ जना, द रिभर ओभरसिज प्रा. लि. ले ३ हजार २६९ जना, एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्सी प्रा. लि. ले ३ हजार ११० जना, एशिया लिंक प्रा. लि. ले २ हजार ९९९ जना, सान नेपाल प्रा. लि. ले २ हजार ९९८ जना, अल–अस्माक्स कम्पनी प्रा. लि. ले २ हजार ८९६ जना, लुलु इन्टरनेशनल प्रा. लि. ले २ हजार ८२० जना, अल सेक्युर म्यानपावर रिक्रूटमेन्ट प्रा. लि. ले २ हजार ७०७ जना, ईम्पावर ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा. लि . ले २ हजार ६६९ जना कामदार वैदेशिक रोजगारमा पठाउन अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन् ।
त्यस्तै ब्रदर्स इन्टरनेशनल इम्प्लोयमेन्ट प्रा. लि. ले २ हजार ६६२ जना, अल–हयात म्यानेजमेन्ट प्रा. लि. ले २ हजार ५८४ जना, सपोर्ट ह्युमन रिसोर्सेस प्रा. लि. ले २ हजार ५४८ जना, शिखर इन्टरनेशनल म्यानपावर सर्भिसेज प्रा. लि. ले २ हजार ४२० जना र भिजन एण्ड भ्यालु ओभरसीज प्रा. लि. ले २ हजार ३८३ जना कामदार वैदेशिक रोजगारमा पठाउन बिभागबाट अन्तिम श्रम स्वीकृति प्राप्त गरेका छन् ।
याे भिडियाेपनि
यसै बीच आज शुक्रबार वैदेशिक रोजगार विभागले बार्षिक प्रगति बिबरण सहित वैदेशिक रोजगार क्षेत्र सुधारको लागि बिबिध योजनाबारे जानकारी दिने उदेश्यले पत्रकार भेटघाटको कार्यक्रम आयोजना गरेकाे छ ।

वैदेशिक रोजगार बिभागले सार्वजनिक गरेको पछिल्लो आर्थिक बर्ष २०८१÷८२ को अन्तिमश्रम स्वीकृति विवरण अनुसार बार्षिक १०० संख्या पनि नकटाउने म्यानपावरको संख्या ३२६ रहेको छ । त्यसो त मासिक बर्षभरीमा १० जना कामदार पनि पठाउन नसकेका म्यानपावरहरुको संख्या ५४ रहेको छ ।
पछिल्लो समय युरोपको रोजगारमा सरकारी निकायहरूको भूमिका र नियमनका विषयमा गम्भीर प्रश्न उठ्दै गर्दा व्यक्तिगत श्रम स्वीकृति र अवैध प्रक्रियामा थोरै काम गर्ने म्यानपावरहरुको संलग्नता रहेको बताइन्छ । मासिक हजारौंको संख्यामा व्यक्तिगत श्रम स्वीकृति लिएर युरोप जाने युवाहरुसँग यस्तै म्यानपावरहरुले एजेन्टको भूमिकामा काम गर्ने, अरु ठूला म्यानपावरहरुलाई एजेन्टको रुपमा कामदार सप्लाई गर्ने जस्ता काम हुने गरिएको बताइन्छ ।
सरकारकै नीति अनुसार यी म्यानपावरले कम्तिमा दुई करोड धरौटी राखेका छन् । तर यी म्यानपावर संचालनको मासिक खर्च र कामदार पठाएको विवरणमा तादम्यता नहुँदा यी म्यानपावर कसरी संचालन भईरहेका छन् भन्ने कुरामा सरकारी संयन्त्रको अनुगमन हुन सकेको छैन । बर्षभरी एक÷२ जना मात्र कामदार पठाउने म्यानपावरकै संख्या १२ रहेको छ । यस्ता म्यानपावरहरुको वास्तविक काम के हो सम्बन्धित निकायले ध्यान दिन जरुरी देखिन्छ ।
यसरी चलेका अधिकांश म्यानपावरले नाम मात्रको म्यानपावर खोलेर युरोप लगायत देशमा नीतिगत रुपमा अवैधानिक व्यक्तिगत श्रम स्वीकृतिमा कामदार पठाउने अवैध धन्दा चलाईरहेको स्रोतहरुको दावी छ ।
बैदेशिक रोजगार बिभागको पछिल्लो आर्थिक बर्षको रेकर्ड हेर्ने हो भने युरोपमा अधिकांश देशमा रोजगारको लागि जाने युवाहरु व्यक्तिगत श्रम स्वीकृतिमा गईरहेका छन् । मासिक १० हजार भन्दा बढी युवा व्यक्तिगत श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा जोडीदै गर्दा त्यसमा अधिकांश हिस्सा अवैधानिक क्रियाकलापसंग जोडिएको छ । युरोप रोजगारको लागि व्यक्ति आफैले पहल गरेर जान पाउने व्यवस्थामा खेलेर वैदेशिक रोजगारको अवैधानिक क्रियाकलाप ब्यापक हुँदा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मौन हुँदा अबैध क्रियाकलापमा मलजल मिलिरहेको छ ।
नेपाली युवाहरु व्यक्तिगत श्रम स्वीकृतिमै किन युरोप रोजगारमा गईरहेका छन् भन्ने प्रश्नको जवाफ वैदेशिक रोजगार क्षेत्रलाई बुझ्ने अधिकांशसँग छ । यस विषयलाई श्रम मन्त्री, मन्त्रालय र मन्त्रालय अन्तर्गतका सम्बन्धित निकायका सबै अधिकारीहरुले समेत राम्ररी बुझेका छन् । म्यानपावर व्यवसायीहरुको आरोप यो छ कि सरकारी निकायले युरोप रोजगारको माग संस्थागत रुपमा ल्याउन र कामदार सहज रुपमा पठाउने सम्बन्ध उपयुक्त वातावरण बनाइदिएका छैनन् । रोजगारमा पठाउने मापदण्ड समेत छैन । कति सेवा शुल्क तिर्ने भन्ने सबैभन्दा ठूलो अन्यौलता छ । मनपरी अशुली जारी छ । ‘यस्तै अवस्थामा कतिपय म्यानपावर खेल्नु स्वभाविक छ ।’ म्यानपावर व्यवसायीहरु बताउँछन् ।
युरोप रोजगारको मुख्य बेथिति रोजगारमा जान पाएकाहरुलाई भन्दा पटक–पटक कोसिस गरेर पनि जान नपाएको वा बिबिध बहानामा फसेकाहरुलाई थाहा छ । अनुमानित आंकलन अनुसार हरेक १०० जना युवाले युरोप रोजगारमा प्रयास गर्दा सफल हुनेको संख्या २०÷३० जना मात्र रहेको छ । रोजगारमा जान सफल हुने हरु पनि पटक–पटकको प्रयासमा लामो समय झुलेपछि मात्र सफल भएको बताउँछन् । रोजगारको प्रलोभनमा डकुमेन्ट खर्च भन्दै २० हजारदेखि ५० हजार अशुली हुनु सामान्य जस्तै भएको अवस्था छ । रोजगारमा जोडिन नपाएका कयौंले यसरी अशुलिने रकम फिर्ता पाउँदैनन् । यसरी अशुली गर्नमा कतिपय म्यानपावर कम्पनीकै भूमिका गरेको गुनाशो प्राप्त भईरहेका छन् ।