ओलीविरुद्ध बोल्यो कि एमालेबाट लखेटिने डर, स्टालिन शैलीमा भण्डारीको पक्षमा बोल्न केन्द्रीय कमिटि बैंठकमा रोक

काठमाडौं– एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अर्को एक कार्यकाल अध्यक्ष केपी शर्मा ओली नै दोहोरिनुपर्ने पक्षमा बलियो मत देखिएको छ । यसको मुख्यका कारण भनेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा भित्राउन कोही बोल्न नसक्नु रहेको छ ।
अहिले एमालेको बैंठकमा ओलीकै पक्षमा बोल्न केन्द्रीय सदस्यहरुबीच प्रतिस्पर्धा नै चलेको छ । १९ सदस्यीय सचिवालयबाट ९९ सदस्यीय पोलिटब्युरोमा पुग्दा विद्याका पक्षमा बोल्ने आवाज बढ्नुपर्नेमा निकै घट्यो । ६,७ जनाबाहेक कसैले पनि बोलेनन् । यसको मुख्य कारण भनेको ओली तत्काल उनको विपक्षमा बोल्दा राजनीतिक भविष्य सकिने र पार्टीबाटै बाहिरिनुपर्ने अवस्था हुने पोलिटब्युरो सदस्यमा समेत त्रास देखिएको थियो । सोही क्रम जारी केन्द्रीय कमिटिमा समेत देखिएको छ । केन्द्रीय कमिटिमा बोल्ने अधिंकाश सदस्यहरुले ओली पक्षमा खुला प्रस्ताव राखे भने बाहिर भण्डारी पक्षमा देखिएकाहरु समेत बैठकमा खुलेर बोल्न सकेनन ।
एकजना पोलिटव्युरो सदस्यले अहिलेको भयको अवस्थालाई जनाउँदै भने ‘सोभियत युनियनमा स्टालीन कालिन पाटीमा सैद्धान्तिक रूपमा पार्टी बैठकहरूमा सदस्यहरूलाई विचार राख्ने अधिकार थियो। ‘डेमोक्रेटिक सेन्ट्रालिज्म’ भनिने पार्टी सिद्धान्तअनुसार छलफलपछि सर्वसम्मत निर्णयमा पुग्ने भनिए पनि, व्यवहारमा, स्टालिनको कालमा यस्तो छलफल स्वतन्त्र थिएन। नेताहरूले स्टालिनको विचारको विरोध गर्न वा फरक दृष्टिकोण राख्न डराउँथे। धेरैजसो बैठकहरू औपचारिकता मात्र हुन्थे, जहाँ स्टालिनको लाइन स्वीकार गरिन्थ्यो र समर्थनमा मात्र बोल्न थालिन्थ्यो।’
आज समापन हुने एमाले केन्द्रीय कमिटी बैठक समेत स्टालीनकालिन बैठक झै हुने देखिएको छ । आज हिजोको भन्दा तेब्बर अर्थात् करिब डेढ सय केन्द्रीय सदस्यले बोल्नु पर्ने हो तर धेरैले लिखित प्रस्ताव राखेका छन्। जसमा भण्डारीका पक्षमा आवाज उठ्नेवाला अवस्था कम छ ।
हाल जारी बैंठकमा सचिवालय र पोलिटब्युरो सदस्यहरुले बोल्न समय पनि पाएनन् । यसको मुख्य कारण भनेको ओलीविरोधी आवाज उठ्छ भन्ने भय नै हो । अब २ सय जनाभन्दा बढीको केन्द्रीय कमिटीमा आउँदा त झनै त्यो आवाज कमजोर बनेर अध्यक्ष केपी शर्मा ओलीको पक्षमा बोल्न सदस्यहरुबीच प्रतिस्पर्धा नै चलेको देखियो ।
सिद्धान्त र व्यवहारबीच एमालेको ७ औँ, ८ औँ र ९ औँ महाधिवेशनले नेतृत्वको लोकतान्त्रीकरणका लागि दुई कार्यकालको सीमा र ७० वर्षको उमेर हदजस्ता अभ्यासलाई अनुमोदन गरेका थिए । तर, कार्यान्वयन अनिश्चित रहँदै आएको छ । यस विषयमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले मात्र बोले ।
विधान महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष पद हटाउन प्रस्ताव गरेपछि पोखरेलले पनि जारी केन्द्रीय कमिटि बैठकमा खुलेर बोल्न सकेनन् । यसको मुख्य कारण भनेको पोलिटब्युरो सदस्यलाई बोल्न समय दिइएन । जसका कारण केन्द्रीय कमिटिका नेताहरु बोलेनन् ।
आइतबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग डेढ घण्टा लामो वार्ताका क्रममा पोखरेलले महाधिवेशनले गरेको वरिष्ठ उपाध्यक्षको व्यवस्था हटाएर कर्मचारीतन्त्रको शैलीमा पहिलो वरीयताको उपाध्यक्ष राख्ने भन्ने प्रस्ताव आफूलाई ठीक नलागेको बताएका हुन् ।
बालुवाटार स्रोतका अनुसार पोखरेलले वरिष्ठ उपाध्यक्ष पद हटाइएकोमा असन्तुष्टि जनाएका थिए । तर, प्रधानमन्त्रीले ‘तपाईँले ७० वर्षे उमेर हद चाहिन्छ भनेकाले अब वरिष्ठ के काम भनेर हटाउन लगाएको’ जवाफ दिएका थिए ।
बैठकमा सहभागी नेताहरूका अनुसार मूलतः तीनवटा विषय देखिएका छन् । एकः केपी शर्मा ओलीको विकल्प खोज्न हुँदैन र सकिँदैन । जारी केन्द्रीय कमिटि बैैठकको मुख्य समस्या यही हो ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी एकाएक एमालेको नेतृत्व लिनेगरी सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेपछि एमालेको राजनीति शान्त तलाउमा ढुंगा हानेको अवस्थाको बनेको केन्द्रीय कमिटी बैठकमा देखिएको एक एमालेको केन्द्रीय नेताले आरोप लगाए ।
हाल जारी बैंठकमा दुईः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीले संस्थागत निर्णय गरेरै रोक्नुपर्छ । तीनः विद्या भण्डारीको व्यवस्थापन र सम्मानजनक सक्रियताको लागि केपी शर्मा ओलीले नै समाधान निकाल्नुपर्छ भन्ने झिनो मत देखियो ।
सचिवालय बैठकमा १० घण्टासम्म छलफल हुँदा नेतृत्वको विकल्प खोज्नुपर्छ, विद्या भण्डारीलाई स्पेस दिनुपर्छ, २ कार्यकाल र ७० वर्षे उमेर हद कायम राख्नुपर्छ भन्ने आवाज बलियो थियो । यसका कारण भनेको ओलीको विरोधमा बोल्न नसक्नु भएको एमालेकै नेताहरु बताउँछन् ।
सोमवारको बैठकमा ४९ जना केन्द्रीय सदस्यले तीन तीन मिनेट बोलेका थिए । तीमध्ये ५ जना मात्र फरक सुनिए, अरु सबैले केपी ओलीको निरन्तरता,विधानमा प्रस्तावित विषय जस्ताको तस्तै पारित गर्ने र विद्या भण्डारीलाई रोक्नुपर्ने कुरा नै उठाए । जसका कारण जारी केन्द्रीय कमिटि बैंठकमा बोल्न नै रोक लगाएको ती नेताको आरोप छ ।
तर एमालेका राजेन्द्र गौतमले भने यो सबै गलत प्रचार भएको मूलपत्रसँग बताएका छन् । उनको जारी केन्द्रीय कमिटी बैठकमा सबै नेताहरुले स्वतन्त्र रुपमा आफनो भनाइ राखेका छन् । कसलाई बोल्नबाट रोक लगाइएको छैन । समय अभावका कारण कम बोल्ने समय भएको हो ।
विधान महाधिवेशन केन्द्रित बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले ओलीको निरन्तर नेतृत्वको वकालत गर्दै पूर्व राष्ट्रपति भण्डारीलाई पार्टीमा रोक्नुपर्ने धारणा राखेका छन् । यस्तो आवाज केन्द्रीय सचिवालयमा भन्दा पोलिटब्युरो र त्यसभन्दा बढी केन्द्रीय कमिटीमा सुनिएको हो ।
अस्थिर गठबन्धन, जनअसन्तुष्टि र राजावादी तरंग संघीय संरचना लागु भएपछि केन्द्र र प्रदेशमा गठबन्धन सरकारसहितको बहुदलीय प्रतिस्पर्धा स्थायित्वको प्रमुख चुनौती बन्यो ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग भएको भेटबारे केन्द्रीय कमिटीको बैठकलाई जानकारी गराएका थिए । उनले च्यासलमा जारी बैठकमा ओलीले भण्डारीको आग्रहमा नै हिजो भेट भएको जानकारी दिए ।
ओली एकताबद्ध भएर मिसन ०८४ मा केन्द्रित हुन पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै पार्टीमा कुनै मतभेद नभएको दाबी गरे । तर जारी बैंठकमा ओली नै नेताहरुलाई विद्याको पक्षमा बोल्न बञ्चित गरे ।
बैठकमा ओलीले नेताहरूलाई आफ्नो कुरा खुलस्त राख्न निर्देशनसमेत दिए । तर भोली के होला भनेर विद्याका पक्षमा रहेका नेताहरुले पनि बोल्न चाहेन ।
केन्द्रीय कमिटीअन्तर्गत आज पनि केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिएपछि आजै बैठक समापन गर्ने तयारी छ । तर बिहान आठ बजेबाट शुरु गर्ने भनेको बैठक एघार बजे शुरु भयो र बेलुकी साँझ छ बजे सम्म सक्ने निर्देशन भएपछि संस्थापन पक्षले चाहेको निर्णय नै हुन जाने धेरैको आंकलन छ ।