Close

संसद्मा प्रश्नोत्तर: वैदेशिक रोजगारीमा नेपाली पलायनको प्रश्नले घेरिए प्रधानमन्त्री

संसद्मा प्रश्नोत्तर: वैदेशिक रोजगारीमा नेपाली पलायनको प्रश्नले घेरिए प्रधानमन्त्री
  • ८ श्रावण २०८२, बुधबार १५:४०

काठमाडौं– संसद्मा सांसद्हरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् । प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा धेरै सांसदहरूले युवा पलायनको प्रश्न गरे । सांसदहरू माधव सापकोटा, महेन्द्रबहादुर शाही, मुक्ता कुमारी यादव लगायतले यो प्रश्न गरेका थिए ।

mulpatra

सांसदहरूले समसामयिक विषयमा र आफ्नो निर्वाचन क्षेत्रका विषयमा प्रश्नहरू सोधेका थिए । जसको जवाफ प्रधानमन्त्री ओलीले दिए ।

जवाफमा प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई उनीहरुको पुँजी, सीप र अनुभवलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्नुरहेको बताएका छन् ।

प्रश्‍नकर्ता सांसद माधव सापकोटाले युवा र विद्यार्थी रोजगारी र अधययनका लागि विदेशिरहेको बताए ।

सांसद सापकोटाका अनुसार हालैको एसईईमा ५ लाख २२ हजार र कक्षा १२ मा ५ लाख ११ हजार विद्यार्थी सहभागी भएका थिए । उनीहरूको औसत उमेर १६ देखि १८ वर्ष छ । उनीहरूमध्ये अधिकांशको मिल्दासम्म अध्ययन तथा रोजगारको पहिलो विकल्प विदेश रहेको विभिन्‍न अध्ययनले देखाएको छ ।

आर्थिक वर्ष २०८१÷०८२ मा १ लाख २० हजार ८ सय ८८ जना विद्यार्थीले एनओसी लिएका थिए, भने सोही अवधिमा ८ लाख ३० हजारभन्दा बढी नेपाली विदेश रोजगारीमा गएका छन् । खुला सीमा हुँदै गएकाको संख्या यसमा समेटिएको छैन । बाहिरिनेहरूमा युवाको बाहुल्यता छ ।

यो तथ्याङ्क सुनाउँदै सापकोटाले प्रश्न गरे, ‘देशको भविष्य मानिने यति ठूलो संख्याका युवाहरू वैदेशिक प्रवृत्तिलाई निरुत्साहित गर्दै, ‘देशमै सम्भावना छ’ भन्‍ने अनुभूति दिलाउन वर्तमान सरकारका के कस्ता योजनाहरू छन् र आउँछन् ?’

गतवर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममा जोडिन ४ लाख ५० हजार महिलासहित ७ लाख ५७ हजार जनाले नाम दर्ता गराएको उल्लेख गर्दै उनले ‘बेरोजगारहरूका लागि रोजगारी सिर्जनाको थालनीबारे सरकारको योजना के छ ?’ भनेर पनि सोधे ।

जवाफमा प्रधानमन्त्री ओलीले सरकारको प्राथमिकता स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवालाई देशमै रोक्नु र वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई उनीहरुको पुँजी, सीप र अनुभवलाई उत्पादनमुलक क्षेत्रमा उपयोग गर्नुरहेको बताएका हुन् ।