Close

Recent Posts

कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रमा तनाव

कम्बोडिया र थाइल्याण्डबीच सीमा क्षेत्रमा तनाव
  • ९ श्रावण २०८२, बिहीबार ११:५७

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा विवाद बढेको छ । थाई रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार, कम्बोडियाका अधिकारीहरुले सुरिन प्रान्तस्थित आवासीय क्षेत्रमा गोली प्रहार गर्दा एकजनाको मृत्यु र कम्तिमा ३ जना घाइते भएका छन् ।

mulpatra

कम्बोडयाको रक्षा मन्त्रालयले पनि थाई सेनाले सीमा नजिककै रहेको प्राचीन प्रेह भिहेयर मन्दिर नजिकै सडकमा बम खसाल्न लडाकु विमान प्रयोग गरेको जनाएको बेलायती अखबार द गार्डियनले लेखेको छ । यो गोली प्रहार हुँदा थाई नागरिक मारिएको क्षेत्रमा पर्छ ।

त्यसपछि थाई सेनाले कम्बोडियाको भूमिमा हवाई आक्रमण गरेको जनाइएको छ ।