पुर्वराष्ट्रपति भण्डारीका छोरीले ओलीलाई मन पराउँदैन थिए, आमा राष्ट्रपति भएपछि मात्र सामान्य बोले

काठमाडौं– देशको पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने घोषणाले एमाले मात्रै होइन यतिबेला देशकै राजनीति तरिंगित छ । दुई कार्यकाल राष्ट्रपति रहिसकेकी भण्डारीले गत साता एउटा कार्यक्रममार्फत आफू एमाले पार्टीमा फर्केको घोषणा गरेकी छन् ।
उनी सक्रिय राजनीतिमा फर्किएको घोषणासँग एकथरिले एमाले अध्यक्ष केपी शर्मा ओलीको विकल्पका रुपमा हेर्न थालिसकेका थिए । भने अर्कोथरि एमाले अध्यक्ष केपी शर्मा ओली नै रहने दाबी गरिरहेका थिए । पार्टी अध्यक्ष ओली स्वयं पनि डराएका थिए । मदन भण्डारी फाउन्डेसनको कार्यक्रममा मदन भण्डारीमाथिको आक्रमण उनले त्यही डरलाई मत्थर गर्नका लागि गरेका थिए । तर त्यसले प्रभाव नपार्ने कारण र उनको पद धरापमा पर्ने देखेरै उनले हाल सम्पन्न केन्द्रीय कमिट बैंठकबाटै धेरैको असहमतिका बाबजुद पनि भण्डारीको सदस्य पद नै रद्द गरेपछि राष्ट्र राजनीतिकमा अर्को तरङ फैलिएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेमा निषेध गरिएको भनेर एमालेभित्रै एक पक्षले असन्तुष्टि जनाइरहेको छ । मदन भण्डारी फाउन्डेशनकी अध्यक्षसमेत रहेकी उषाकिरण भण्डारीले सार्वजनिकरूपमै टिप्पणीसमेत गरेकी छन् । हिजोदेखि नेपाली सञ्चारमाध्यममा उनको चर्चा छ ।
भण्डारीकी कान्छी छोरी निशाकुशुम भण्डारी । उनी राजनीतिकदेखि बाहिर छिन् । हाल उनी व्यवसाय गदै आएकी छिन् । पूर्वराष्ट्रपति भण्डारीका दुई छोरी ओलीसँग बोल्दैन थिए । उनीहरुले पहिलादेखि ओलीसँग राम्रोसँग नबोलेको र पछि पहिलो पटक विद्या भण्डारी राष्ट्रपति हुँदा मात्र सामान्य बोलेको भण्डारीनिकट एक नेताले जानकारी दिए ।
ती नेताका अनुसार उनीहरुले व्यक्तिगत रुपमा ओलीलाई मन पराउँदैन थिए । पहिला त भण्डारीका छोरी केपी ओली सहभागि हुने कार्यक्रममै जादैन थिए । त्योभन्दा बाहेकका कुरा आफुलाई थाहा नभएको उनी बताउँछन् ।
मदन भण्डारी फाउन्डेसनले गरेको ७४ औँ मदन जयन्तीको अवसरमा ‘जबजका तीन दशक’ विचार गोष्ठीमा करिब चार हजार एमाले नेता–कार्यकर्ताको उपस्थितिमा उनले एमालेमा सक्रिय हुने घोषणा गरिन् ।
दिवगंत नेता तथा पति मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद एमालेको मार्गनिर्देशक सिद्धान्त हो । उनकै यही विरासत लिएर विद्या भण्डारीले पनि एमालेमै फेरि सक्रिय हुने र जबजलाई कार्यान्वयनमा लैजाने बताउँदै आएकी छिन् ।
२०७२ कात्तिक १० गते एमालेको उपाध्यक्ष पद त्यागेर भण्डारी नेपालकै पहिलो महिला राष्ट्रपति बनेकी थिइन् । त्यति बेला मात्र भण्डारीका दुवै छोरी ओलीसँग बोलेको भण्डारीनिकट नेताहरु बताउँछन् । ओलीसँगको राजनीतिक निकटता हुँदा पनि छोरीहरु आफ्नै आमा प्रति असन्तुष्ट रहेको धेरैले बताउने गरेका थिए ।
२०७९ फागुन २९ मा राष्ट्रपतिको जिम्मेवारीबाट मुक्त भएपछिको तीन महिना भण्डारी आफ्नै निवासमै एमाले नेता, कार्यकर्ता तथा विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट तथा परामर्श गरेकी थिइन् । यो कुरा ओलीलाई मन परेको थिएन ।
२०८१ असार १४ गते उनी निवासबाट निस्केर काभ्रे जिल्ला पुगिन् । एमाले राजनीतिमा आफ्ना सम्भावना केलाउने नयाँ अध्यायको सुरुवात् गरिन् । त्यसयताका एक वर्ष भण्डारी देशका धेरै जिल्ला पुगिसकेकी छन् । त्यतिबेला ओलीले भण्डारी कहाँ कहाँ पुग्छिन, को कससँग गफ गर्छिन त्यसको सुचना संकलन गर्न सुचक नै खडा गरि परिचालन गरिएको भण्डारी परिवारले थाहा पाएको थियो । त्यही अनुसार भण्डारीको हरेक क्रियाकलाप ओलीकहाँ रिपार्ट भइरहेको थियो । भण्डारीको हरेक भेटवार्ता, भ्रमणमा ओलीले चासो दिएर हेरिरहेका थिए ।
ओलीले त्यतिखेरै भण्डारी राजनीतिमा फर्कने तयारीमा रहेको आशंका गरेका थिए । त्यसलाई रोक्न ओलीले उषाकिरणलाई राजनीतिमा ल्याउन हरसम्भव प्रयास गरेका थिए ।
ओलीले नै उषाकिरणलाई राष्ट्रियसभा सदस्य बनाएर उनको बौद्धिक विकास गर्ने र ११ औं महाधिवेशनबाट पार्टीको सचिव तहमै लैजानेसम्मको योजना ओलीले महासचिव पोखरेललगायतलाई सुनाएका थिए । महासचिव शंकर पोखरेल नेतृत्वको कार्यलय टीमको योजना अनुसार नै अध्यक्ष केपी शर्मा ओलीले उषाकिरणलाई पार्टीका नेतृत्वमा अघि सार्न खोजेका थिए । त्यसको उद्देश्य भनेको भण्डारीलाई राजनीतिमा आउन रोक्नु थियो ।
यता एमाले केन्द्रीय कार्यालयले भने मदन भण्डारीको उत्तराधिकारी विद्यापछि उषाकिरणलाई बनाउन पार्टीले पहल गर्दा पूर्वराष्ट्रपतिले नै अश्वीकार गरेको जनाएको छ । त्यति बेलापनि भण्डारीले ओलीले आफनो परिवारमा फाटो ल्याउन लागेको आरोप लगाएका थिइन् । त्यसपछि यो विषय यतिकै हराएको थियो ।
ओलीसँग नयाँ राजनीतिक चिन्तन नभएको र मदन भण्डारीकै जबज मात्र रहेका कारण पनि भण्डारी परिवारको लिगेसी खोजिरहेका थिए । आम जनतालाई जवाफ दिने ठाउँ समेत ओलीले खोजिरहेको देखिएको थियो । त्यसो गर्दा जननेता मदन भण्डारीको लिगेसी पार्टीमा निरन्तर रहने ठम्याई नेताहरूको थियो ।
तर आफनो पिताको हत्यारा पत्ता लगाउन केपी ओली र स्यंम आफनै आमालाई समेत दबाब दिदै आएका छोरीहरुले समेत ओलिको आश्वासन अस्विकार गरेपछि अन्ततः सादरण सदस्य खोसिदिएर ओलीले बदला लिएका छन् ।
आमाको सदस्य खारेजी गर्ने निर्णय गरेपछि उषाकिरण भण्डारीले नेकपा (एमाले) लाई नैतिक समर्थन गर्न पनि नसकिने तहसम्म पुर्याइएको सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेकी छिन् । यता भण्डारी भने अब कसरी अघि बढ्ने भन्ने विषयमा निकटस्थहरुसँग छलफलमा लागिरहेको बताइएको छ ।