Close

Recent Posts

जापान एसएसडब्लुको संस्थागत मागपत्र खुलाउन श्रम मन्त्रालय र जापान दुतावासकै स्वार्थ, कन्सल्टेन्सी फाइदा लुट्दै

जापान एसएसडब्लुको संस्थागत मागपत्र खुलाउन श्रम मन्त्रालय र जापान दुतावासकै स्वार्थ, कन्सल्टेन्सी फाइदा लुट्दै
  • ९ श्रावण २०८२, बिहीबार १६:४५

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विशेष सीप (स्पेसल स्किल) भएका कामदार (एसएसडब्लु) पठाउने कार्यविधि स्वीकृत गरेको धेरै भयो । तर यस भिसामा नेपाली कामदार जापान जान पाएका छैन ।

mulpatra

गत वर्ष नै एसएसडब्लुमार्फत कामदार पठाउने कार्यविधि बनेको थियो । यस कार्यविधिमा एसएसडब्लुमार्फत संस्थागत कामदार पठाउने भनिएको थियो । यही जुलाई १ तारिकदेखि एसएसडब्लुको मागपत्र खुलाउन जापानस्थित नेपाली दूतावासले भनेको थियो । तीन वर्षअघि नै एसएसडब्लुमार्फत संस्था कामदार पठाउने श्रम मन्त्रालयले निर्णय गरेको थियो ।

तर यस महिनाको अन्तिमसम्म आउँदा समेत मागपत्र प्रमाणिकरणको काम खुलाएको छैन । यस विषयमा श्रम मन्त्रालय र दूतावास हानथाप गदै बस्दा फाइदा जति कन्सल्टेन्सीले लिएको देखिन्छ ।

जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका कारण एसएसडब्लु भिसाको प्रमाणिकरणका रोकिएको दाबी गरे ।

श्रम मन्त्रालयले विशेष सीप (स्पेसल स्किल) भएका कामदार (एसएसडब्लु) पठाउने कार्यविधि स्वीकृत भएको पत्र नपाठएको उनी बताउँदै तर्किन्छन् । यसको पछाडी व्यक्तिगत श्रम स्वीकृतिमा जापान कामदार पठाउने सहयोग गरिरहेको उनीमाथि आरोप छ ।

तर पत्र नपठाउँदा एसएसडब्लु भिसाको प्रमाणिकरण गर्न समस्या भएको राजदूत क्षेत्री बताउँछन् । एसएसडब्लुमार्फत मागपत्र प्रमाणिकररण कहाँ रोकियो भन्दा उनी जवाफ दिन हिच्किचाउँछन् । उनी यसरी तर्किनुमा कतै कन्सल्टेन्सीसँग लविङ भएको होइन त भन्ने प्रश्न उठेको छ ।
दूतावासको पत्र

व्यक्तिगत श्रम स्वीकृतिमार्फत जापान नेपाली कामदार पठाउन सहजीकरण गरिदिएबापत त्यहाँका कम्पनीले तीनदेखि पाँच लाख रुपैयाँसम्म लिने गरेका छन् । यो पैसा दूतावासका कर्मचारीदेखि श्रम कार्यालयका कर्मचारीसँग बाँडेर सेटिङमा काम गर्नुपर्ने एक कन्सल्टेन्सी व्यवसायीले मूलपत्रलाई जानकारी दिए ।

शैक्षिक परामर्श संस्थाहरुले कामदार पठाउने गरेको विज्ञापनले यो कुरा पुष्टि हुने उनले बताए । ‘विशेष सीप (स्पेसल स्किल) भएका कामदार (एसएसडब्लु)मार्फत संस्थागत माघ पत्र प्रमाणिकरण नखुलाएको हो । यसमा सेटिङ छ । जसका कारण अहिले हानथाप भएको हो । व्यक्तिगत श्रम स्वीकृतिमा कामदार जापान पठाउँदा दूतावासका कर्मचारी, श्रम कार्यालय र कन्सल्टेन्सीलाई फाइदा भइरहेको छ । जसका कारण एसएसडब्लुमार्फत मागपत्र खुलाउन खेल भइरहेको छ ।’ उनले भने ।

नेपालका म्यानपावरहरुले जापानका रोजगारदाता कम्पनीसँग डिमाण्ड गर्ने र सोहि अनुसार म्यानपावरले नै कामदार त्यहाँ पठाउने भनिएको छ । तर श्रम मन्त्रालयले कार्यविधि कार्यान्यवन नगर्दा यसको फाइदा सिधै कन्सल्टेन्सीले उठाइरहेका छन् ।

जापानसँग भएको श्रम सम्झौताकै आधारमा विशेष सीप (स्पेसल स्किल) भएका कामदार (एसएसडब्लु) पठाउने कार्यविधि स्वीकृत भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरेले जानकारी दिए । उक्त कार्यविधिमा संस्थागत श्रम सम्झौताका आधारमा कामदारको मागपत्र खुलाउन रोक्नुपर्ने कारण नभएको उनले बताए ।

हाल ९० प्रतिशत कामदार शैक्षिक परामर्श केन्द्रले पठाएपनि श्रम मन्त्रालयले रोक्न नसकेको वैदेशिक रोजगार व्यवसायीको आरोप छ । जापानले केअरगिभरका रूपमा हजारौँको सङ्ख्यामा नेपालीहरूलाई भर्ना लिन लागेको भन्दै कतिपय कन्सल्टेन्सीले माग गरिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

जापानले विशिष्ट सीप भइ दक्षता हाँसिल गरेकाहरुलाई एसएसडब्लु अन्तर्गत विश्वका धेरै देशहरुबाट आफ्नो देशमा कामदार लैजाने गरेको छ । यस सुविधामार्फत नेपाली कामदार लैजान सन् २०१९ (वि.सं. २०७५÷७६) मा नेपाल र जापान सरकारबीच भएको श्रम सम्झौता अझै कागजमै सीमित छ ।

एसएसडब्लु भिसा प्रणाली नेपालका लागि एक सुवर्ण अवसर बन्न सक्थ्यो—तर सरकारले न त कार्यविधि निर्माण गरेपनि सुरक्षित र पारदर्शी बाटो दिन सकेको छैन । यसैको फाइदा कन्सल्टेन्सी सञ्चालकले व्यत्तिगत श्रम स्वीकृतिमा कामदार पठाएर लिइरहेका छन् ।

नेपाल र जापान सरकारबीच भएको जिटुजि सम्झौता अनुसार एसएसडब्लु भिसामार्फत नेपाली कामदारलाई शून्य लागतमा जापान पठाउने भनिएको थियो । तर नेपाल सरकारको श्रम मन्त्रालयले आवश्यक कार्यविधि बनाएर कार्यान्यवनमा नगर्दा यसैको फाइदा उठाउँदै निजी कन्सल्टेन्सी र दलालहरूले युवाहरूलाई १२ लाख पैसा लिएर व्यक्ति श्रम स्वीकृतिमा कामदार पठाइरहेका छन् । यसका अनुगमन गर्न वैदेशिक रोजगार विभाग चुकेको छ ।

जापानमा एसएसडब्लु भिसामा आउनेहरुलाई रोजगारदाताले खानपिन, आवास, बीमा, ग्यास, बिजुली जस्ता आधारभूत सुविधा उपलब्ध गराउनुपर्ने हुन्छ । तर व्यवहारमा त्यसको पालना भएको छैन । कन्सल्टेन्सीमार्फत जापान गएको नेपाली कामदार आफैंले सम्पूर्ण खर्च बेहोर्न बाध्य छन् ।

एसएसडब्ल्यूको रूपमा जापानमा काम गर्नको लागि स्वास्थ्य अवस्था राम्रो भएको, १८ वर्ष वा सोभन्दा माथिका उमेरका व्यक्ति हुनुपर्छ र कुनै थप अध्ययन वा तालिमको आवश्यकताबिना तत्काल दक्ष श्रमशक्तिको रूपमा काम गर्न सक्ने हुनुपर्ने व्यवस्था छ ।

कार्यस्थलको कार्य प्रशिक्षणद्वारा जापानको विभिन्न सीप÷ज्ञान हासिल गरेपछि स्वदेश फर्कने र उक्त सीपलाई मातृदेशमा फैलाउनेजस्तो अन्तराष्ट्रिय योगदानको लक्ष्य लिएको हुनुपर्ने पनि त्यसमा उल्लेख छ ।

जापानको विदेश मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको विवरणअनुसार सन् २०१९ एप्रिलदेखि उसले दक्ष विदेशी कामदारलाई एसएसडब्ल्यू भिसा दिन थालेको हो ।